८ वैशाख २०८१ शनिबार
खेल

जिएचसिएको प्रभावशाली जित


काठमाडौं – दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शनिबार जिएचसिएले आइओई थापाथलीलाई  ८ विकेटले पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा आइओईले प्रस्तुत गरेको ६२ रनको लक्ष्य जिएचसिएले ९ ओभरमा २ विकेट गुमाउदै पूरा गरेको थियो। जिएचसिएका अविशेक बस्नेतले २७ र सुशान्त तिमल्सिनाले २० रन जोडे।

यसअघि सुरुआती ब्याटिङ गरेको आइओइ १७ ओभरमा ६२ रनमा समेटिएको थियो  । सुशिल भट्टले जोडेको अविजित २२ रन आइओइका खेलाडीको उच्च स्कोर थियो।

त्यस्तै शनिबार सम्पन्न अर्को खेलमा नेपाल क्रिकेट स्कुलले ओएसिसलाई ४८ रनले पराजित गरेको छ।
नेपाल क्रिकेट स्कुलले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको ओएसिसले १९ ओभरमा मात्र ९७ रन जोड्दा सबै विकेट गुमाएको थियो । ओएसिसका विशाल लिम्बुले २० रन जोडे।

यसअघि पहिले ब्याटिङ गरेको नेपाल क्रिकेट स्कुलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ४५ रनको लक्ष्य पस्तुत गरेको  थियो। नेपाल क्रिकेटका ओपनर जितेन्द्रसिंह ठाकुरले ५३ र दिपेश दासले अविजित ४१ रन बनाएका थिए।

 

प्रकाशित: १४ माघ २०७४ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App