६ वैशाख २०८१ बिहीबार
अर्थ

सामाखुसीमा एनसिसी बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको शाखा उद्घाटन गरेका छन्।

सो अवसरमा डेपुटी गभर्नर श्रेष्ठले एनसिसी बैंकले संस्थागत सुशासन कायम गर्दै आफ्नो व्यावसायिक गतिविधि अघि बढाउँदै आगामी दिनमा पनि बैंकले यस्तै प्रगति गर्दै जाने विश्वास व्यक्त गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानमा ४३ वटा शाखा स्थापना गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ । ती शाखा स्थापना र एउटै स्थानमा रहेका शाखाहरुको स्थानान्तरणपछि यसको शाखा संख्या एक सय १२ पुग्नेछ।

 

प्रकाशित: १४ माघ २०७४ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App