coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अख्तियार आसपास प्रदर्शन गर्न बन्देज

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित पछिल्ला दिन अख्तियारअगाडि प्रदर्शन हुँदै आइरहेको थियो। प्रशासनको यो निर्णयपछि अबदेखि अख्तियार अगाडि र आसपासको क्षेत्रमा समेत प्रदर्शन गर्न रोक लागेको छ। प्रशासनले शुक्रबारदेखि लागू हुनेगरी अख्तियार कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

प्रशासनले अख्तियार कार्यालयको पूर्वमा विशालनगर र हाँडीगाउँ जाने चोक तथा गहना पोखरी, उत्तरमा गणेश मन्दिरनजिकको धारा, पश्चिममा गौह्रीधारा चोक र दक्षिणमा दुरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्म लागू हुनेगरी निषेधित क्षेत्र घोषणा गरेको छ। उक्त क्षेत्रमा अख्तियारका साथै प्रहरी हेडक्वार्टर पनि रहेकाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ।

प्रकाशित: २९ श्रावण २०७३ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App