coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओज्नियाकीलाई अस्ट्रेलियन ओपन

मेलबर्न– सिमोना हालेपमाथि शनिबार ७–६(७–२),३–६,६–४ को संघर्षमय जित हासिल गर्दै क्यालोरिन ओज्नियाकीले अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्।

पूर्व विश्व नम्बर एक ओज्नियाकीको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो । २७ वर्षे ओज्नियाकीले प्रमूख प्रतियोगिताहरु जित्न नसके पनि सन् २०१० मा विश्व नम्बर भएकी थिइनन् । उनी सन् २००९ र २०१४ को युएस ओपनको फाइनलमा प्रवेश गरे पनि उपविजेतामा सिमित भएकी थिइन्।

ओज्नियाकी र हालेप ग्रान्ड स्लामको फाइनलमा पुगेको यो तेस्रो पटक थियो । तर अस्ट्रेलियन ओपनमा भने उनीहरु फाइनल पुगेको यो पहिलो पटक हो।

‘आज मेरो ग्रान्ड स्लामको उपाधि जित्ने सपना साकार भएको छ,’ निकै भावुक देखिएकी ओज्नियाकीले भनिन्, ‘मसँग यो खुशी वर्णन गर्ने शब्द छैन । सिमोना उत्कृष्ट खेलाडी हुन् र उनले मलाई कडा चुनौती दिइन्।’

विश्व वरियाती शीर्ष खेलाडी हालेपमाथिको जितपछि ओज्नियाकी विश्व नम्बर एक खेलाडी समेत बनेकी छन्।
‘म अहिले कुनै प्रतिक्रिया दिन सक्ने अवस्थामा छैन । तर म ओज्नियाकीलाई बधाई दिन चाहन्छु,’ हालेपले भनिन्, ‘उनले आज उत्कृष्ट प्रदर्शन गर्दै सबै पक्षमा मलाई पछाडि पारिन।’

पक्कै पनि म यो हारले दुःखी छु । तर म निरन्तर मिहिनेतलाई निरन्तरता दिनेछु,’ हालेपले थपिन्, ‘तेस्रो प्रयासमा असफल भए पनि म चौथो प्रयासमा ग्रान्ड स्लामको उपाधि जित्ने आशामा छु।’

प्रकाशित: १४ माघ २०७४ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App