७ वैशाख २०८१ शुक्रबार
खेल

‘उदयपुर स्पोर्टस् भलिबल’ उपाधि आयोजकको पोल्टामा

उदयपुर – उदयपुरमा सम्पन्न ‘प्रथम उदयपुर स्पोर्टस कप गाउँ÷नगरपालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता ०७४’ को उपाधि आयोजक समूहको पोल्टामा परेको छ। शनिबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी बेलका नगरपालिकालाई बेस्ट फाईभमा ३ सेटले पराजित गर्दै आयोजक उदयपुर स्पोर्टस् क्लब गाईघाटले उपाधि चुमेको हो।

सदरमुकामस्थित थरुहट–त्रियुगा रंगशालामा सम्पन्न खेलको पहिलो सेटमा बेलकाले २५–२३ ले जितेकोमा दोस्रो र तेस्रो सेटमा आयोजकले २५–२१ र २५–२३ ले पराजित गर्न सफल भयो। चौथो सेटमा बेलकाले २५–१९ उसलाई पछि पारे पनि पाँचौ सेटमा भएको १५ अंकको अन्तिम खेलमा उदयपुरले १५–१३ ले बेलकालाई पराजित गरी उपविजेतामा सीमति गरेको हो।

जिल्लाका ४ नगर र ४ गाउँपालिका तथा आयोजक गरी ९ समूहको सहभागितामा गराउने भनिएको प्रतियोगितामा उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकाको अनुपस्थिति भएपछि ७ वटाको सहभागिता रहेको थियो। प्रतियोगितामा ताप्ली गाउँपालिका तेस्रो स्थान ल्याउन सफल भएको छ।

आयोजक उदयपुर स्पोर्टस क्लबले जितसँगै नगद ६५ हजार, ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता बेलकाले नगद ३५ हजार सिल्ड, मेडल र प्रमाणपत्र तथा तेस्रो स्थान प्राप्त ताप्लीले नगद २० हजार र मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिता समापन समारोहमा प्रदेशसभा सदस्यद्वय नारायण बुर्जामगर र हिमाल कार्की तथा त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरीले विजेता तथा उपविजेता समूहका खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

त्यस्तै पूर्व क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राई, क्षेत्रीय सदस्य ज्ञानेन्द्र बान्तवा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्प विकलगायतले तेस्रो ताप्ली र प्रतियोगिताक बिधागत उपाधि विजेता खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा उत्कृष्ट सर्भर, डिफेन्सर, लिफ्टर, व्लकर र स्पाइकरलाई पनि जनही २ हजारका दरले नगद पुरस्कारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

उदयपुर स्पोर्टस् क्लवको आयोजना, जिल्ला भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र त्रियुगा नगरपालिकाको संयोजनमा सञ्चालित प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिदै लाने योजना बनाएको मूल आयोजक समितिका संयोजक तथा जिल्ला भलिबल संघका अध्यक्ष प्रथमलाल चौधरीले बताएका छन्।

प्रकाशित: १३ माघ २०७४ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App