७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टी एकताको विकल्प छैन : नेता गजुरेल

रौतहट- नेकपा माओवादी केन्द्रका नेता एवं सांसद हरिबोल गजुरेलले माओवादी र एमाले एकताको विकल्प नभएको बताएका छन्। रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा बाढीपीडितका लागि आयोजित राहत वितरण कार्यक्रमको उदघाटन गर्दै नेपाली जनताले माओवादी र एमालेलाई मिलेर सरकार चलाउन तथा पार्टी एकताको लागि म्यान्डेट दिएको स्पष्ट पारे।

नेता गजुरेलले दुवै पार्टी एकीकरण हुन नसकेको खन्डमा फेरि जनमत ल्याउन जनतामा जानुपर्ने भएकोले माओवादी अध्यक्ष प्रचन्ड र एमाले अध्यक्ष ओलीबीच पार्टीको आन्तरिक प्रक्रिया मिलाएर एकीकरणको विकल्प नभएको बताएका छन्। दुई वटा ठूला पार्टी एकीकरण भइरहेकोमा प्राविधिक समस्या भइरहेको तर सबै कुरा व्यवस्थापन हुने बताएका छन्।

रौतहटका छ हजार बाढीपीडितका लागि चाइना एड तथा युएनडिपिको सहयोग र स्थानीय समाज उत्थानको लागि सहकार्य युनेस्को नेपालको समन्वय दुई थान ऊनी पछ्यौरा, दुई थान ऊनी कम्बल, बिर्को सहितको प्लास्टिकको बाल्टिन र मग, दश थान विभिन्न घरायसी भाँडाकुँडा, दुई थान किटाणु प्रतिरोधी एवं टिकाउ झुल, एक थान धुँवारहित खाना पकाउने फलामे चुल्हो, एक थान फिल्टर, ब्रस, पेस्ट, साबुन, काँइयो, तौलिया लगायतको सामग्री वितरणको शुभारम्भ गरेका छन् । चीन सरकारको तर्फबाट रौतहटको बाढीपीडितका लागि आएको पहिलो सहयोगको रुपमा लिइएको छ ।

चीन सरकारबाट प्राप्त सहयोगलाई आफूहरुले सिधै पीडितमा हस्तान्तरण गर्ने काम गरिरहेको समन्वय गर्ने संस्थाका अध्यक्ष दीलिप झाले बताएका छन् ।

प्रकाशित: १३ माघ २०७४ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App