coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार

चितवन– डिल्ली बजार जेल कारागारबाट फरार ‘टिके’ भनेर चिनिने कुख्यात डाँका टिकाबहादुर थापा मगर प्रहरीले चितवनमा गोली चलाएको छ।उनलाई शनिबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनस्थित रामनगरमा पक्राउ गर्ने क्रममा गोली चलाउँदा हात र खुट्टामा गोली लागेको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।  

चोरी मुद्दामा सजाय भोगिरहेका थापा माघ ४ गते राति काठमाडौंको डिल्ली बजार कारागारबाट काँडेतार काटेर भागेका थिए।

महानगरीय अपराध महाशाखा र चितवन प्रहरीको टोलीले साँझसवा पाँच बजे ना ४७ प ५०५२ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा पछाडी बसेको व्यक्तिले गोली चलाएपछि प्रहरीले पनि गोली प्रहार गरेको थियो। मोटरसाईकल टीकाबहादुर थापाले चलाएका थिए।

रापेछाप दोरम्बाका थापामगर डाँका मुद्दामा डिल्लिबजार कारागारमा थिए तर माघ ४ गते कारागारबाट भागेपछि प्रहरीले खोजी गरेको थियो।

भरतपुर महानगरपालिका वडा नं १ रामनगरमा प्रहरीले मोटरसाइकल रोक्न खोज्दा नरोकेर पछाडी बसेकमे मान्छेले गोली चलाएको चितवन प्रहरीले जानकारी दिएको छ।

तत्काल उपचारका लागि भरतपुरको सरकारी अस्पताल लगिएको थियो। थप उपचारका लागि पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल लगेको प्रहरीले बतायो।

मोटरसाइकलको पछाडी बसेर गोली प्रहार गर्ने व्यक्ति फरार छन्। उनको खोजी भइ रहेको प्रहरीले जानकारी दियो।

 

 

प्रकाशित: १३ माघ २०७४ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App