७ वैशाख २०८१ शुक्रबार
अर्थ

गृहिणीको पहुँचमा सेयर बजार

नेपालको सेयर बजारमा कस्तो–कस्तो आयआर्जन भएका व्यक्ति तथा परिवारले सेयरमा लगानी गर्न सकिन्छ र सेयरमा लगानी गर्नु फाइदा वा घाटाको अवस्था कस्तो छ ? सेयरमा लगानी गर्दा कस्ता–कस्ता जोखिम छन् वा छैनन् जान्न अब गाह्रो छैन । यहाँ थोरै भन्दा थोरै आम्दानी हुने र वचतमा रुचि हुने महिला तथा परिवारले पनि सेयर बजारमा लगानी गर्ने अवसर दिनदिनै बढिरहेको छ । सेयर विश्लेषक सन्दिपविक्रम राणाले सेयरमा लगानीको अवस्था, संभावना एवं मनोविज्ञान बारे चर्चा गरेका छन् । 

सेयर भनेको पैसालाई काम लगाउने हो यसमा आफैँ भौतिक (फिजिकल्ली) रूपमा मिहिनेत गर्नु पर्दैन । सेयरमा लगानी गर्नु भनेको आफूले लगानी गरेको आधारमा कम्पनीको मालिक हुनु हो । कुनै कम्पनीको एक सेयर किन्यो भने हामी एक सेयरको मालिक हुन्छौं । सेयर किन्नु भनेको आफूले लगानी गरेका आधारमा सो कम्पनीको मालिक हुनु हो । सेयर मार्केटका बारेमा भोलि राम्रो हुन्छ भनेर सेयर किन्नुअघि बुझ्नु भने अवश्य पर्छ । आफूले लगानी गरेको कम्पनी फाइदामा गयो वा राम्रो भयो भने आफूलाई पनि फाइदा हुन्छ । र आफूले सेयर हालेको कम्पनी घाटामा गए । आफ्नो लगानी पनि घाटामा जान्छ वा आफ्नो पैसा पनि डुब्न सक्छ । सेयर, कम्पनीको नाफा र घाटासँग सम्बन्धित हुन्छ । 

थोरै पुँजी भएकाले प्राथमिक सेयर किन्न सकिन्छ । थोरै पैसाले घर जग्गामा लगानी गर्न सकिँदैन । बैंकको ब्याज पनि धेरै हुँदैन ।

थोरै पुँजी भएकाले प्राथमिक सेयरमा लगानी गर्न सकिन्छ
सेयर मार्केट सानो पुँजी वा ठूलो पुँजी सबैका लागि हो । सेयरमा नेपालमा एक हजारभन्दा माथि लगानी गर्न सकिन्छ । आजभन्दा २५ वर्षअघि नबिल बैंकमा एक हजार रकमको १० कित्ता सेयर किनेर लगानी गर्ने एकजना व्यक्ति आज बीस लाख रुपैयाँको मालिक भइसकेका छन् । २५ वर्ष अगाडि एक हजारको लगानी गरेर आज बीस लाखको मालिक हुनु पनि सामान्य होइन । हामी एक हजारभन्दा माथि सेयरमा लगानी गर्न सक्छौँ । थोरै पुँजी भएकाले प्राथमिक सेयर किन्न सकिन्छ । थोरै पैसाले घर जग्गामा लगानी गर्न सकिँदैन । बैंकको ब्याज पनि धेरै हुँदैन । त्यसैले थोरै पैसा हुनेले प्राथमिक सेयरमा एक हजारदेखि ४÷५ हजार लगानी गरे पनि पुग्ने भएकाले सानो पुँजी हुनेले सकभर प्राथमिक सेयर छोड्नु हँुदैन । कम्पनीले नयाँनयाँ प्राथमिक सेयर खोल्ने भएकाले राम्रो कम्पनीको सेयर थोरैथोरै पैसामा पनि सेयर किन्नु राम्रोे हुन्छ । जुन १० कित्ता किन्न सकिन्छ । प्राथमिक सेयरमा थोरै पैसा लगानी गर्दा खासै जोखिम नहुने भएकाले बैंकमा पैसा राख्नुभन्दा फाइदा नै हुन्छ । नयाँनयाँ कम्पनीको सेयर खुलिरहन्छ । 

प्राथमिक सेयर भनेको नयाँनयाँ कम्पनीले पहिलोपटक बेचेको सेयर हो । इनिसियल पब्लिक अफरिङ (आईपीओ) भनेको  प्राथमिक सेयर हो । यसमा जोखिम कम हुने भएकाले महिला तथा बालबालिकाले पनि यसमा थोरैथोरै पैसा लगानी गर्न सकिन्छ । निम्न आयआर्जन भएकाले पनि प्राथमिक सेयरमा लगानी गर्नु फाइदाजनक नै हुन्छ । प्राथमिक सेयरमा घाटा हुने जोखिम कम हुन्छ । प्राथमिक सेयरमा न्यूनतम १० कित्ता सेयर किन्न सकिन्छ । अर्को दोस्रो बजार भनेको कसैले किनेर परिसकेको सेयरको बिक्री गर्छन् र दोस्रो बजारमा पनि न्यूनतम १० कित्तासम्मको सेयर किन्न सकिन्छ । राम्रोराम्रो कम्पनीको दोस्रो सेयर (सेकेन्डरी मार्केटको सेयर) किन्नु पनि राम्रै हुन्छ । थोरै वा निम्न आय भएकाले प्राथमिक र थोरै मात्रामा सेकेण्डरी मार्केटको सेयर पनि किन्न सकिन्छ । सेकेन्डरी सेयरमा बजारको मार्केट वा कम्पनीको बजार मूल्यअनुसार नै मूल्य हुन्छ । नेपालमा अहिले प्राइमरी र सेकेन्डरी दुवैमा न्यूनतम १०÷१० कित्ता सेयर किन्न सकिन्छ । एक कित्ताबराबर सय रुपैयाँ पर्छ र १० कित्ता प्राइमरी सेयरको एक हजारमा किन्न सकिन्छ । 

स्कुलमा खाजा खाने पैसाले पनि सेयरमा लगानी गर्न सकिन्छ। सेयरमा थोरै लगानी गर्दा पनि भविष्यमा कम्पनी फाइदामा गएमा सेयरमा फाइदा हुन्छ । बालबच्चाले समेत सेयरमा लगानी गर्न सक्छन् । स्कुले विद्यार्थीले समेत खुत्रुकेमा जम्मा गरेर पनि सेयरमा लगानी गर्न सक्छन् । दसैं तिहारलगायतका चाडपर्वमा जम्मा भएको थोरैथोरै पैसा बालबच्चाले बचाएर सेयरमा लगानी गर्न सकिन्छ तर बचत गर्ने बानी बसाल्नुुपर्छ । स्कुलमा खाजा खान लगेको पैसा पनि अलिकति बचाएर सेयरमा लगानी गर्न सकिन्छ । 

सेयर बजारको वृद्धि हुनु भनेको अर्थतन्त्रमा पनि सुधार हुँदैछ भन्ने संकेत हो । कुनै पनि देशको अर्थतन्त्र बलियो हुनु भनेको बैंकलगायतका कम्पनीको आर्थिक अवस्था बलियो हुनु हो । त्यो बलियो हुनेबित्तिकै सेयर बजारमा पनि आर्थिक वृद्धि हुन्छ र सेयर बजारमा पनि वृद्धि हुनु भनेको समग्र देशको आर्थिक अवस्था राम्रो हुनु हो । 

बच्चाको भविष्य कसरी सुन्दर बनाउने भन्ने अभिभावकका लागि चिन्तनकोे विषय हो । बच्चा जन्मिएदेखि नै अभिभावकले बालबालिकाकै नाममा अभिभावक संरक्षक भएर थोरैथोरै भए पनि उनीहरुको भविष्यका लागि सेयर किनिदिनु पर्छ । त्यही सेयरमा लगानी गरेको पैसाले भविष्यमा उच्च शिक्षाका लागि सहयोग गर्छ । बालबालिकाको नाममा अभिभावकले सेयर किनिदिने बानी बसाल्नुपर्छ । 

सेयरमा लगानी गर्दा २/४ वर्षमा दोब्बर फाइदा हुन्छ  
बैंकमा भन्दा सेयरमा लगानी गरेर प्रगति गरेको धेरै उदाहरण छन् । बैंकमा पैसा राख्नुभन्दा सानोसानो  रकम सेयरमा लगानी गर्दा कयौं गुणा फाइदा भएको छ । सेयरमा लगानी गर्दा प्रायः २/४ वर्षमा दोब्बर फाइदा भएको धेरै उदाहरण छन् । आइपियूमा आएका सेयर एक सयभन्दा कमका कुनै पनि छैनन् । एक सयभन्दा तल सेयरको भाउ (प्राइज) नै छैन । त्यसैले आज ५ वर्षको बच्चालाई एक हजारको सेयर किनिदिँदा ३/३ वर्षपछि दोब्बरतेब्बर हुन सक्छ तर आफूले लगानी गरेको कम्पनी भने राम्रो हुनुपर्छ । 

सेयर बजार देशको अर्थतन्त्रको ऐना हो
राजनीतिक र आर्थिक अवस्थामा भएको परिवर्तनले सेयर बजारमा पनि तुरुन्तै असर गर्छ । नेपालमा पहिलाभन्दा राजनीतिक तथा आर्थिक अवस्था पनि सुध्रिँदै गएको छ । नेपालमा पछिल्लोे समय सेयर बजार बढिरहेको छ । 
सेयर बजार भनेको कुनै पनि देशको अर्थतन्त्रको ऐना हो । हाम्रो देशको राजनीतिक तथा आर्थिक अवस्थामा सुधार भएसँगै हाम्रो सेयर मार्केटको पनि वृद्धि भइरहेको छ । त्यसैले राजनीतिक स्थायित्व  भइरहेकाले देशको आर्थिक अवस्था पनि सुदृढ हुँदै गएको छ । नेपालमा सम्भावना धेरै भएकाले पनि सेयर मार्केटको भविष्य राम्रो हुँदै गएको छ । 
सेयर मार्केट भन्नेबित्तिकै  धेरैवटा कम्पनीको सूची हुन्छ । तिनीहरुले अर्थतन्त्रमा कुनै न कुनै मूल्य सिर्जना गरेका हुन्छन् । जब यस्ता कम्पनी आर्थिक फाइदामा जान्छन् यस्ता कम्पनीको वृद्धि विकास हुनु भनेको समग्रमा सेयर बजारको वृद्धि विकास हुनु हो । 

सेयर बजारको वृद्धि हुनु भनेको अर्थतन्त्रमा पनि सुधार हुँदैछ भन्ने संकेत हो । कुनै पनि देशको अर्थतन्त्र बलियो हुनु भनेको बैंकलगायतका कम्पनीको आर्थिक अवस्था बलियो हुनु हो । त्यो बलियो हुनेबित्तिकै सेयर बजारमा पनि आर्थिक वृद्धि हुन्छ र सेयर बजारमा पनि वृद्धि हुनु भनेको समग्र देशको आर्थिक अवस्था राम्रो हुनु हो । 

भान्छाकोे रकमबाट सेयरमा लगानी गर्दा लाखौं आम्दानी
हाम्रोमा महिलाले घरायसी काम गर्ने चलन छ । उनीहरुमा शिक्षा पनि छ तर धेरैले घरमा बालबच्चा सुसारेर बस्नुपर्ने हुन्छ  । घरको काम गरेर, बालबच्चा हेरचाह गरेर पनि दैनिक सेयरमा ३ घण्टा सेयरमा काम गरेर जागिर गरेसरह नै कमाइ गर्न सकिन्छ । भान्छाका लागि छुट्याएको रकमबाट पनि सेयरमा लगानी गर्न सकिन्छ ।  सानो रकम भए पनि जम्मा गरेर सेयरमा लगानी गर्दा फाइदा नै हुन्छ । महिलामा फजुल खर्च गर्ने बानी छ भने त्यसलाई कम गरेर अनावश्यक खर्च नगरी केही सानो रकम बचाएर सेयरमा लगानी गर्दा राम्रै आर्जन गर्न सकिन्छ । भाडामा बस्ने परिवारको सीमित आम्दानी छ भने पनि एक हजारको प्राथमिक सेयरमा लगानी गर्दा पनि बिस्तारै नाफा हुँदै जान्छ । र सो परेको सेयरबाट बिस्तारै दोस्रो बजारको सेयर खरिद गरेर आम्दानी गर्न सकिन्छ । अत्यन्तै कम आयआर्जन भएका खानै नपुग्ने परिवार छन् भने पनि भान्छा लगायतको खर्च कटाएर प्राथमिक सेयर खरिद गरेर सेयर बजारमा प्रवेश गर्न सकिन्छ । त्यसो गर्दा एक हजारको लगानी गरेर पनि बिस्तारै सेयर बजारमा लाखौं आम्दानीसमेत गर्न सकिन्छ । 

पैसा भएका परिवारले सेयरमा लगानी गर्न सकिन्छ
ठूलो पैसा भएका परिवारले पनि पैसालाई डाइभर्सिफाई गर्न सक्छन् । केही पैसा सुन–चाँदी, घर–जग्गा, बैंंक, इन्सुरेन्समा लगानी गर्नुका साथै केही रकम राम्रो कम्पनी बुझेर सेयर बजारमा लगानी गर्नु पनि राम्रो हुन्छ ।  धेरै क्षेत्रमा लगानी गर्दा पैसाको जोखिम कम हुन्छ र सेयरमा लगानी गर्नु पनि राम्रै हुन्छ । 

सेयरमा लगानी गर्दा रकम सुरक्षित 
सहकारीको कुरै गर्दिन जुन क्षेत्र बैंकिङ क्षेत्रभन्दा अहिले पनि जोखिममा छ । बैंकलाई राष्ट्रबैंकले अहिले कडा निगरानी गरेको छ । तर सहकारीमा जोखिम लिने जनशक्ति छैन । तर सबै सहकारी खराब पनि छैनन्, कयौं सहकारी राम्रा पनि छन् । निम्न आयस्तर भएकालाई सहकारीले उकासेका पनि छन् । सहरी क्षेत्रको तुलनामा गाउँमा र ग्रामीण क्षेत्रका सहकारीले राम्रो काम गरेका उदाहरण पनि छन् । गाउँघर भन्दा पनि सहरबजारमा खुलेका सहकारीको कुरा गर्नुपर्दा सहकारीले ब्याज दिन्छन् भनेर लोभमा पर्नु हुँदैन । सबैभन्दा पहिले त आफ्नो पैसा सुरक्षित छ वा छैन भन्ने ख्याल गर्नु आवश्यक छ । राष्ट्रबैंकले बैंकलाई नियमन (रेगुलेट) गर्छ । बैंकिङ क्षेत्र सुरक्षित छन् । त्यसमा कुनै शंका छैन । बैंकमा छिसिक्क केही हुने बित्तिकै राष्ट्रबैंकले तुरुन्त कार्य गरिहाल्छ । तर सहकारीमा त्यस्तो छैन । सहकारी डेफिनेट्ली जोखिममा छन् । 

सेयर बजारमा जोखिम पनि छन्
सेयर बजारमा दुई प्रकारका जोखिम हुन सक्छन् । एउटा सेल्फ क्रिएटेड जोखिम अर्थात लापरबाहीले हुने जोखिम र अर्को मार्केट जोखिम हो । जसरी बैंक र बित्तीय क्षेत्रलाई राष्ट्रबैंकले नियमन  गरेको छ । त्यसैगरी सेयर बजारलाई पनि धितोपत्र बोर्डले नियमन गरेको छ । नेपालमा आज सेयर बजार सुरक्षित छ । जोखिम छैन । धितोपत्र बोर्डले सेयर बजारलाई निगरानी गर्ने भएकाले जोखिमको खतरा हुने सम्भावना सेयर बजारमा कम छ । सेयरमा लगानी गर्नेले आफूले लगानी गरेको रकम कसैले खाइदेला भन्ने सम्भावना नेपालमा देखिँदैन । तर मार्केट बुझेर मात्रै लगानी गर्नुपर्छ । बजार घटबढ भयो भने त्यसमा घाटा वा नाफा हुन सक्छ । त्यो बुझ्नु पर्छ ।  धितोपत्र बोर्डले कुनै पनि कम्पनीले सेयर खुलाउनुपूर्व लगानीकर्तालाई जोखिम हुन्छ हुँदैन भनेर प्रारम्भिक अध्ययन गरेर मात्रै कम्पनीलाई सेयर खुलाउन अनुमति दिन्छ । त्यसैले सहकारीमा देखिएको जस्तो सेयर बजारमा कोही व्यक्तिले कीर्ते गर्ने सम्भावना अत्यन्तै कम छ । कीर्ते गर्ने जोखिम र बजारको जोखिम गरेर दुई प्रकारका जोखिम हुन्छन् सेयर बजारमा । 

बुढेसकालमा आफ्ना बालबच्चाले पालेनन् भने सेयरले पाल्छ 
अभिभावकले आफ्ना बालबच्चालाई हुर्काउन, बढाउन र पढाउन धेरे खर्च गर्छन् तर सम्पत्ति सकिएको खण्डमा बुढेसकालमा तिनै बालबच्चाले आफ्ना अभिभावकलाई नहेर्ने प्रवृत्ति पनि त्यत्तिकै छ । बुढेसकालमा वृद्धाश्रम खोज्नुपर्ने बाध्यता कसैकसैमा हुन सक्छ । तर आफू आर्थिकरूपमा सबल भएको खण्डमा बालबच्चाले पनि त्यही पैसाको लोभले हेर्न पनि सक्छन् ।  सेयरमा लगानी गरेको छ भने बुढेसकालमा आफ्ना बालबच्चाले पालेनन् भने पनि सेयरले पाल्छ । आर्थिकरूपमा आफू सक्षम भए, आफ्ना बालबच्चाले पालेनन् भने पनि सेयरबाट आएको आम्दानीले आफू जिउन सहज हुन्छ । बुढेसकालमा सेयरमा लगानी गरेर कारोबार गर्न पनि सकिन्छ । जसले गर्दा बुढेसकालको शरीर पनि स्वस्थ हुन सक्छ । आर्थिक रूपमा पनि सबल भइन्छ ।  जति बस्यो त्यति शरीरलाई रोगले च्याप्ने सम्भावना भएकाले पनि सेयरमा कारोबार गरेर शरीरलाई सधैँ स्वस्थ राख्नु राम्रो हो । जति चाँडै पैसालाई काममा लगाउँछौं त्यसले अवकाश जीवनमा (त्यससमयमा) त्यही पैसाले पाल्छ भनिन्छ। 

सेयर खुलेको थाहा पाउने तरिका छन्
सेयर संसार डटकमबाट तथा विभिन्न मिडियाबाट पनि सेयर खुलेको थाहा पाउन सकिन्छ । सूचना आजको दुनियाँमा ठूलो कुरा हो, त्यसैले इन्टरनेटलगायतका माध्यमबाट पनि सेयर खुलेको बारेमा जानकारी लिन सकिन्छ । 

सेयर कारोबार गर्ने तरिका
धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट लाइसेन्स लिएका ५० वटा स्टक ब्रोकरबाट कारोबार गर्न सक्छौं । धितोपत्रबोर्ड र नेप्सेबाट लाइसेन्स प्राप्त ५० वटा धितोपत्र कम्पनी (दलाल)  छन् । र तिनीहरुबाटै सेयरको कारोबार गर्न सकिन्छ । 

ग्रामीण क्षेत्रको स—सानो रकम सेयरमा लगानी गर्न सकिन्छ
 मानिसले सहरमा आएर थोरै पैसाको सेयर किन्न सम्भव छैन । त्यो आफँैमा खर्चिलो पनि हुन्छ । नेपालको सेयरबजार रिङरोडभित्र सीमित छ । काठमाडौंका मानिसले सेयर किन्न सहजै पाउन सक्छन् तर जुम्लाजस्ता दुर्गम क्षेत्रका मानिसले सेयर किन्ने पहुँच पाउँदैनन् । यो दुःखद कुरा हो । सबै ग्रामीण भेगका जनतामा सहजरूपमा सेयरको खरिदबिक्रीको पहुँच हुनु राम्रो हो । त्यसैले सबै ग्रामीण क्षेत्रका जनताले पनि सहजरूपमा सेयरको पहुँच हुनका लागि स्थानीय तहमै बैंकको स्थापना हुनुपर्छ । त्यति मात्रै होइन क्षेत्र तथा स्थानीय स्तरमा सेयरको खरिद बिक्रीका लागि आवश्यक पूर्वाधारको समेत विकास हुन आवश्यक छ । ग्रामीण क्षेत्रको आर्थिक अवस्था बलियो हुनु भनेको राष्ट्रको अर्थतन्त्र बलियो हुनु हो । त्यसैले पनि नेपालको सहरी क्षेत्रको मात्रै होइन ग्रामीण क्षेत्रमा समेत सानोसानो रकम जम्मा गरेर सेयरमा लगानी गर्न सकेको खण्डमा उनीहरुको आर्थिक अवस्था पनि मजबुत हुन सक्थ्यो र राष्ट्रलाई पनि फाइदा हुन्थ्यो । 

नेपालमा सेयर बजारको भविष्य 
समग्रमा नेपाल केही नभएको देखिँदा पनि केही भइरहेको देश हो । हाम्रो अर्थतन्त्रको वृद्धि भइरहेकाले सेयर बजारको भविष्य पनि राम्रो छ । सेयर बजारलाई चाहिने स्ट्रक्चरको समेत विकास हुँदै गएको छ । त्यसैले पनि नेपालमा सेयरको भविष्य राम्रो छ । 

नेपालमा सेयर कारोबारको अवस्था 
नेपालमा वि.सं. २०५० माघ ३० बाट नेपाल स्टक एक्सचेन्जको स्थापनासँगै नेपालमा सेयरको औपचारिक कारोबारको सुरुवात हुन थालेको हो । तर नेप्सेको स्थापना हुनुपूर्व नै नेपाल बैंक र विराटनगर जुटमिलले सेयर बेचेको इतिहास पाइन्छ । हाम्रो सेयर बजार भर्खरै विकास हुन लागेको बजार हो । दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानको तुलनामा हामी भर्खरै विकासतिर उदाएका मात्र छौंं ।

सेयर बजारले राष्ट्रको अर्थतन्त्रलाई खस्काउँदैन बरु उकास्छ । राजनीतिकर्मीले पनि यसलाई बुझ्न जरुरी छ । राजनीतिकर्मीले पनि सेयर बजारलाई प्राथमिकता दिएको देखिँदैन  । सेयर बजार भनेको पुँजी सिर्जना गर्ने हो ।  नेपालमा करिब १५ लाख जना सेयरमा लगानी गर्ने लगानी कर्ता छन् । तर सक्रिय भने करिब २ लाख जना मात्र छन् । हालको बजारको मार्केट १७ खर्बको बजार पुँजीकरण छ । अर्थात बजारको साइज १७ खर्बको छ । नेपालमा दैनिक औसतमा करिब ६० हजारको सेयरको कारोबार हुन्छ। उपेन्द्र खड्कासँगको कुराकानीमा आधारित । 

प्रकाशित: १३ माघ २०७४ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App