८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि क्षेत्रमा ८० करोडको लगानी

दाङ – कृषि क्षेत्रको विकासका लागि दाङमा करिब ८० करोड लगानी भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु २८ करोड ६५ लाख २७ हजार ४५७ अनुदान र सेवाग्राहीको रु ५० करोड ७९ लाख ६२ हजार २८४ गरी कुल रु ७९ करोड ४४ लाख ८९ हजार ७४१ लगानी भएको आयोजनाका जिल्ला संयोजक हरिप्रसाद शर्माले जानकारी दिए। 

शर्माका अनुसार, तरकारीसम्बन्धी २३, माहुरी २३, च्याउ १०, केरा खेती पाँच, जडीबुटी एक, कोल्डस्टोर दुई, बजार व्यस्थापन पाँच, अदुवा मसला उत्पादन प्रशोधन चार गरी कुल ८१ वटा उपआयोजनामार्फत सो लगानी भएकोे हो। 

यसरी सञ्चालन भएका उक्त उपआयोजनामध्ये ५७ वटा उपआयोजना सम्पन्न भएका छन् भने तीन वटा योजना सम्झौता हुन नसकेको शर्माले जानकारी दिए । पछिल्लो समयमा जिल्लामा कृषिको क्षेत्रमा लगानी बढेसँगै प्रविधिसमेत फड्को मारेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण विकास अधिकृत पीताम्बर बस्नेतले जानकारी दिए।  (रासस)

प्रकाशित: १३ माघ २०७४ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App