८ वैशाख २०८१ शनिबार
खेल

नेपाल र हङकङले अनुभव आदान-प्रदान गर्ने

हङकङ- नेपाल भलिबल संघ र हङ्कङ भलिबल संघबीच शुक्रबार भएको औपचारिक भेटमा दुई देशको प्रशिक्षकबीच अनुभव आदान-प्रदान गर्ने मौखिक सहमति भएको छ।

 नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जरमण शर्माको नेतृत्वमा रहेको नेपाली टोली र हङकङ भलिबल संघका विकास निर्देशकबीच शुक्रबार भएको औपचारिक भेटघटमा २ देशको प्रशिक्षकबीच अनुभव आदानप्रदान गर्ने सहमति भएको हो। नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्द्ले हाललाई मौखिक सहमति भएको र छिट्टै सम्झैतापत्रमा हस्ताक्षर हुने बताए। नेपाली भलिबल टोलीका प्रशिक्षक जगादिश भट्ट्ले विश्व भलिबल अहिले प्राबिधिक रुपमा धेरै फड्को मारी सकेकाले प्रबिधिमा आब्बल हङकङसँगको यो कार्यक्रमले नेपाली भलिबललाई पनि प्राबिधिक रुपमा बलियो बनाउन महत्वपूर्ण हुने बताए। उनले थपे, ‘भलिबल विकासका लागि यो अती महत्वपूर्ण सम्झैता हो र लक्ष प्राप्ति भए खेलडी जन्माउन कोशेढुङा सबित हुनेछ।‘

हङ्कङ निवासी नेपाल भलिबलका इष्ट एसिया सद्वभावना दुत निरन्जन गुरुङ र सल्लाहकार जयनारायण चौधरीको समन्वयमा यहाँको राष्ट्रिय टोलीसँग मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली बिहीबार हङ्कङ आएको छ। शुक्रबार नै पर्वत क्लब, हङकङले राष्ट्रिय भलिबल टोलीलाई सम्मान कार्यक्रमको आयोजना गरेको थियो। हङकङ एनआरएनले पनि नेपाली टोलीलाई स्वागत गर्दै बिजयको शुभकामना दिएको थियो। हङ्कङ एनआ एनका अध्यक्ष टिका गुरुङले फेब्रुअरी १९ मा हङ्कङ महिला फुटवल टोली र सशत्र प्रहरी बल एपिएफबीच मैत्रिपूर्ण खेल हुने जानकारी दिए। नेपालले आईतवार र सोमबार हङ्कङबिरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ। लगत्तै मकाउसँग बूधबार मैत्रिपूर्ण खेल खेल्नेछ।

प्रकाशित: १३ माघ २०७४ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App