coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान कमाण्डर मारिए

कुन्दुज – अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

प्राप्त समाचारअनुसार शुक्रबार उक्त समूहले गरेको स्थलगत कारबाहीका क्रममा ती कमाण्डर मारिएका हुन्। ममताज नामका ती कमाण्डरसँग उनका दुई जना अंगरक्षक र अरु दुई लडाकू पनि मारिएका बताइएको छ। 

त्यस कारबाहीका क्रममा अरु केही लडाकू घाइते पनि भएका छन्। कुन्दुज प्रान्तको चाहल चिनल क्षेत्रमा भएको कारबाहीका क्रममा उनीहरु मारिएका हुन्। 

ममताज तालिबान आतङ्ककारी संगठनको केन्द्रीयस्तरका कमाण्डर रहेको खुलेको अफगान सेनाका एकजना अधिकारीले जनाएका छन्। 

कुन्दुजमा पछिल्लो समयमा यहाँको सुरक्षा निकायले तालिबानका विरुद्धमा कडा कारबाही जारी राखेको छ। यसअघि पनि गतहप्ता मात्र सोही प्रान्तमा तालिबानका एक क्षेत्रीय स्तरका कमाण्डर मारिएका थिए। 

प्रकाशित: १३ माघ २०७४ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App