६ वैशाख २०८१ बिहीबार
अर्थ

मनाङ र मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

ललितपुर – हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए। 

११ जिल्लामा ट्राउट पालनको सहायक परियोजना सञ्चालनमा छन् । अरु ८ जिल्लामा पहिलेदेखि नै पालन हुँदै आए पनि ३ जिल्लामा परियोजनाले शुरु गरेको निर्देशक झाले बताए। त्यस क्षेत्रमा ट्राउट साढे दुई किलोसम्मको हुने गरेको छ । पर्यटन व्यवसायीले एक माछाको रु ३००–४०० सम्ममा बेच्ने गरेका छन् । उनले भने, “पर्यटकले अरु कुरासँगै ताजा ट्राउट खान पाएका छन् भने व्यवसायीले पनि राम्रो आम्दानी गरिरहेका छन्।” 

६ वर्ष पहिले उच्च पहाड र हिमालका १० जिल्लामा परियोजना शुरु भएको थियो । स्थानीयवासीले गर्दै आएको कृषि र पशुपालनलाई नै व्यावसायिक बनाउन परियोजनाले अनुदान सहयोग गर्दै आएको छ । परियोजनाले २ हजार फिटभन्दा तलका क्षेत्रमा परियोजनाको २० प्रतिशत र किसानको ८० प्रतिशत तथा त्यसभन्दा बढी उचाइका ठाउँमा किसानको र परियोजना दुवैको ५०–५० प्रतिशत लगानीमा विभिन्न सहायक परियोजना सञ्चालन गरेको छ।    (रासस)

प्रकाशित: १३ माघ २०७४ ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App