माघ १६ देखि ‘नेपाल महोत्सव’

शनिबार, १३ माघ २०७४, १० : १९ नागरिक

काठमाडौँ – नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ। 

यही माघ १६ गते शहिद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। ‘नेपाल राज्यको चतुर्थांश सहस्राब्दी’ नाम रहने महोत्सवअन्तर्गत शहिद दिवसमा माइतीघर मण्डलमा ज्ञातअज्ञात शहिदको सम्झनामा दीप प्रज्ज्वलन गरी उद्घाटन हुनेछ। 

विश्वकै इतिहासमा यति लामो समयको राज्यको इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेका सन्दर्भमा राज्य एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन सो महोत्सव गर्न लागिएको आयोजक समितिमा आबद्ध राजनीतिक विश्लेषक आनन्द आदित्यले जानकारी दिए। 

उनले राष्ट्रनायक पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानलाई विवादमा ल्याउने प्रयास भए पनि पछिल्लो समयमा सबैले एकीकरण अभियान व्यक्तिविशेषको नभई त्यसबेलाका अगुवा, जनता र सेनाको रगत, पसिना र आँशु मिलेर नेपाल राज्य बनेको बताए। सोही दिन त्रिभुवन विश्वविद्यालयमा इतिहास र सम्पदासम्बन्धी कार्यशाला हुनेछ। महोत्सवका लागि डा विनोद भट्ट, शशि खड्का र सरोज खनाल रहेको सचिवालय बनेको छ, जसले साप नेपालमा रही काम गर्नेछ। 

प्रकृति–मानव केन्द्रित जनआन्दोलन नेपाल (जनसार्क) शाखाका अध्यक्षमण्डलका सदस्य दीनदया रिजालले आफ्नो संस्था शान्ति, एकता र वातावरणमैत्री रुपमा उक्त महोत्सव सफल बनाउन लागिपर्ने बताए। 





 


यसमा तपाईको मत


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...