७ वैशाख २०८१ शुक्रबार
राजनीति

भौतिक संरचना व्यवस्थापन तीव्र

प्रदेशसभा भवनका रुपमा छनोट गरिएको धनुषा, जनकपुरस्थित शैक्षिक तालिम केन्द्र । तस्बिर : नागरिक

काठमाडौं– प्रदेशको अस्थायी राजधानी तोकिएका सात सहरमा यति बेला भौतिक पूर्वाधार तयारी तीव्र पारिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरु, सभामुखको निवास तथा कार्यालयका साथै मन्त्रालयका लागि आवश्यक भौतिक संरचनाको खोजी तथा मर्मतसम्भारले प्रदेश राजधानीमा चहलपहल बढेको छ। 

सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी मोरङको विराटनगर, २ को राजधानी धनुषाको जनकपुर, ३ को राजधानी मकवानपुरको हेटौंडा र ४ को राजधानी कास्कीको पोखरा तोकेको छ । यसैगरी प्रदेश ५ को राजधानी रुपन्देहीको बुटवल, ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगर र ७ को राजधानी कैलालीको धनगढीलाई तोकिएको छ । सम्बन्धित जिल्लाको प्रशासनिक संयन्त्र प्रदेश राजधानीलाई आवश्यक भौतिक संरचना व्यवस्थापनमा खटिएको छ। 

अस्थायी राजधानी भनिएकाले र समय पनि कम भएकाले नयाँ संरचना निर्माण नभई भइरहेकै संरचनालाई मर्मतसम्भार गरी काम चलाउने तयारी भइरहेको छ । यसका लागि सम्बन्धित सहरमा रहेका विभिन्न सरकारी भवनहरुलाई प्रयोगमा ल्याइने भएको छ।

अस्थायी राजधानी भनिएकाले र समय पनि कम भएकाले नयाँ संरचना निर्माण नभई भइरहेकै संरचनालाई मर्मतसम्भार गरी काम चलाउने तयारी भइरहेको छ । यसका लागि सम्बन्धित सहरमा रहेका विभिन्न सरकारी भवनहरुलाई प्रयोगमा ल्याइने भएको छ । ती भवनमा आवश्यक मर्मतसम्भार, रङरोगनको कार्य तीव्र पारिएको छ । सँगसँगै फर्निचर जडानको काम पनि भइरहेको सम्बन्धित जिल्ला प्रशासनका अधिकारीले जानकारी दिएका छन्। 
 

प्रकाशित: १३ माघ २०७४ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App