coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी

डाभोस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन्।

हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागिता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिए। उनीहरु शान्ति वार्तामा नआए शान्ति प्रयासका लागि गर्ने थप कामहरु आफ्नो प्रशासनले नगर्ने बताएको समाचारमा जनाइएको छ।

राष्ट्रपति ट्रम्पले यो घोषणा दोस्रो पटक गरेका हुन्। अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टिनीलाई बिगतदेखि उपलब्ध गराउँदै आएको सबै सहायताका बारेमा पुनर्विचार भइरहेको यसअघि नै बताइएको थियो।

राष्ट्रपति ट्रम्प विश्व आर्थिक मञ्चमा सहभागिताका लागि डाभोसमा छन्। सो कार्यक्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु उपस्थित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सो धारणा राखेका हुन्।

अमेरिकाले यसमध्येको अधिकांश अमेरिकी रकम आर्थिक सहयोगमा केन्द्रित रहेको र सुरक्षाकर्मीको तालिमका लागि थौरै छुट्याइएको बताएका छन्।

तर अमेरिकाले दिने भनिएको सो सहयोगमा के कटौती गर्ने र कहिलेसम्म कटौती गरिसक्ने भन्नेबारेमा भने अहिले नै अमेरिकाले कुनै निर्णय गरेको छैन।

राष्ट्रपति ट्रम्पले गत डिसेम्बर ६ मा गरेको निर्णयमा जेरुसलेमलाई इजरायली राजधानीको मान्यता दिएयता प्यालेस्टिानीहरु अमेरिकाको कुनै पनि वार्तामा सहभागी हुन अस्वीकार गरेका छन्।

सो मुद्दाप्रति प्यालेस्टिनीको व्यापक मात्रामा विरोध रही आएको थियो। उक्त मुद्दा संयुक्त राष्ट्रसंघमा नै पुगेपछि त्यसम अमेरिकी निर्णय असफल भएको छ।

प्रकाशित: १२ माघ २०७४ १६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App