coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति १८ वर्षपछि डाभोसमा

डाभोस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा सुरु भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा भागलिन स्वीस सहर डाभोस पुगेका छन्।

सो आर्थिक मञ्चमा सहभागी हुने पछिल्लो १८ वर्षमा अमेरिकी राष्ट्रपतिमा उनी नै पहिलो व्यक्ति हुन। उनले सो मञ्चमा आफ्नो सहभागितालाई आर्थिक विकासको कडीका रुपमा लिएका छन्।

राष्ट्रपति ट्रम्पले विश्व व्यापारमा अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन्। यसलाई उनले ‘अमेरिका फस्ट्’ भन्ने नाम पनि दिएका छन्।

त्यसैले पनि उनको सम्बोधनलाई धेरैले चासोका रुपमा पनि हेरेका बताइएको छ। उनले शुक्रबार नै सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति ट्रम्पले अमेरिका पहिला भनेर अघि सारेको व्यापारिक नीति बढी अमेरिकामुखी रहेको भन्दै आलोचना हुने गरेको छ। त्यस पृष्ठभूमिमा पनि उनको यस सम्बोधनलाई चासोपूर्ण रुपमा हेरिएको छ।

राष्ट्रपति ट्रम्पले भने अमेरिकामा आफूले लगानी भित्र्याउन आफ्नो उक्त डाभोस भ्रमण केन्द्रित हुने बताएका छन्। उनी डाभोस उड्नुअघि पत्रकारहरुलाई सो प्रतिक्रिया दिएका थिए।

यसअघि सो सम्मेलनमा अमेरिकी राष्ट्रपतिको रुपमा १८ वर्षअघि बिल क्लिन्टन डाभोस पुगेका थिए। त्यसयता कुनै पनि अमेरिकी राष्ट्रपति त्यहाँ नगएका बताइएको छ।

त्यस भ्रमणका साथै उक्त मञ्चमा गर्ने सम्बोधनबाट आफूले आधुनिक युगमा र विशेषगरी पछिल्लो समयमा अमेरिका कति महान रुपमा चलिरहेको छ भन्नेबारेमा विश्वलाई नै जानकारी दिने बताए।

उता राष्ट्रपति ट्रम्पले लिएको देशभित्रकै अर्थात आन्तरिक व्यापारलाई मात्र संरक्षण गर्ने नीति लिएको र त्यसले आफूहरुलाई बेफाइदामात्र पु-याएको विदेशी लगानीकर्ताले बताउने गरेका छन्।

उनले यस विषयमा पनि उक्त आर्थिक मञ्चको सम्बोधनका क्रममा स्पष्ट गर्ने बताइएको छ। साथै उनको पछिल्लो आर्थिक नीतिका बारेमा स्पष्ट धारणा आउने अपेक्षा पनि सर्वत्र गरिएको विश्वका आर्थिक क्षेत्रका सरोकारवालाहरुले जनाएका छन्।

प्रकाशित: १२ माघ २०७४ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App