७ वैशाख २०८१ शुक्रबार
समाज

‘मानवीय त्रुटिले हवाई दुर्घटना दोहोरियो’

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ ।

व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उक्त मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइका साथ पालना गराइने जानकारी दिए ।

हवाई उडानका क्षेत्रमा खासगरी अपनाउनुपर्ने नियम तथा नयाँ प्रविधिको प्रयोगमा विशेष ध्यान पुर्याइएको बताउँदै उनले कतिपय अवस्थामा जहाज र चालक ठीक भए पनि डाँडामा ठोक्किएर दुर्घटना हुने गरेको तथ्याङ्क प्रस्तुत गरे ।

बैठकमा कतिपय दुर्घटना छानबिन समितिको प्रतिवेदनलाई विश्लेषण गर्ने हो भने चालकको बानी व्यहोरासमेत ध्यान दिन आवश्यक रहेको जनाउँदै मन्त्रालयका तर्फबाट अनुसन्धान र छानबिनलाई विश्वसनीय तुल्याई प्रतिवेदन कार्यान्वयनमा जोड दिइने प्रतिबद्धता जाहेर गरिएको छ ।

विमानमा जडान भएको उपकरणका आधारमा चालकले प्रत्यक्ष दृष्टि र प्रविधिको प्रयोग सहायता लिएर दुई किसिमबाट हवाई उडान गरिन्छ ।

नेपालमा भएका धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा हुने गरेको छ । मौसममा अचानक आउने खरावीका कारण चालकले हवाई मार्ग पत्ता लगाउन नसक्दा दुर्घटनाका सम्भावना बढाउने गरेको घटना बैठकमा जानकारी गराइयो ।

नेपालमा भएका धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा हुने गरेको छ । मौसममा अचानक आउने खरावीका कारण चालकले हवाई मार्ग पत्ता लगाउन नसक्दा दुर्घटनाका सम्भावना बढाउने गरेको घटना बैठकमा जानकारी गराइयो । मन्त्रालयका सहसचिव सुरेश आचार्यले हवाई क्षेत्रको नियमन र दुर्घटनासम्बन्धी हेर्ने बेग्ले संयन्त्रको खाँचो रहेको जानकारी दिए ।

मुलुकमा हवाई दुर्घटनाका घटना निकै बढ्न थालेपछि मन्त्रालयले विमानलाई साहसिक उडानका नाममा जोखिमपूर्ण देख्दादेख्दै बादलमा प्रवेश गराएमा अनुमातिपत्र खारेजीसम्मको चेतावनी राखेर नियमावली बनाउने कार्य प्रारम्भ गरेको छ । साहस देखाउने, जोखिम बहन गर्ने चालक होइन, प्रविधिको प्रयोगरी विधि र प्रक्रिया पूरा गर्ने चालकको आवश्यकता महशुस गरिएको मन्त्रालयका पदाधिकारीको धारणा छ ।

हवाई उडानका क्षेत्रमा रहेका प्राविधिकको भने राडार जडानमा मापदण्ड पूरा भएको छ कि छैन भनेर हेर्नुपर्नेमा विमानस्थलको सङ्ख्यामात्र बढाउने कुरा युक्तिसङ्गत नभएको गुनासो छ ।

हवाई उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकाओले जुन देशमा हवाई दुर्घटना हुन्छ त्यस देशमै दुर्घटनासम्बन्धी छानबिन आयोग गठन गर्नुपर्ने प्रावधान राखेको छ । नेपालमा यो महिनामै पनि दुईवटा हवाई दुर्घटना भएका छन् ।

यसअघि बैठकमा समितिका सदस्यले मुलुकको हवाई दुर्घटनाका मुख्य कारण तालिम, व्यवस्थापन र लापर्बाही हो भन्ने आमजनताले बुझेका छन्, वास्तविकता केहो भनी प्रश्न राखेका थिए ।

निजी कम्पनीले चालकलाई प्रतिमहिना रु दुई लाख सुविधा दिँदा पनि नाफामा जाने तर नेपाल एयरलाइन्सको भने रु ४० हजार दिँदासमेत घाटामा गयो भन्ने सुन्नुपर्दा दुःख लागेको गुनासो गर्दै सांसदले एउटा कम्पनीको विमान दुर्घटना भए पनि नयाँ कम्पनीको नाम दिएर चलाउने प्रवृत्तिलाई रोक्न सुझाव दिए ।

नागरिक उड्डयन प्राधिकरण प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले युरोपेली सङ्घले नेपालको जहाजले सङ्घका सदस्य मुलुकमा उडान भर्न नपाउने गरी कालोसूचीमा राखेकामा तोकिएको मापदण्ड पूरा गर्ने अन्तिम प्रयासमा प्रधिकरण रहेको जानकारी दिए ।

सो अवसरमा नेपालका ध्वजाबाहक विमान कम्पनी नेपाल बायुसेवा निगममा व्यवस्थापकीय सुधार, ट्रेड युनियनको अराजकताको अन्त्य र राजनीतिक हस्तक्षेप नरोकिएसम्म आफ्नो ढङ्गले काम गर्ने र सुधारको गुञ्जायस नदेखिएको जानकारी दिइएको थियो । रासस

प्रकाशित: २८ श्रावण २०७३ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App