५ वैशाख २०८१ बुधबार
अर्थ

रसुवागढी नाकामा एकीकृत चेकपोष्ट स्थापना

चेकपोष्टको उदघाटन गर्दै रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने । तस्वीर : नागरिक

रसुवा – चीनसँगको व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट स्थापना गरिएको छ। चार वटा कार्यालय एकै ठाउँमा सञ्चालन हुनेगरी चेकपोष्ट स्थापना गरिएको हो। प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चेकपोष्टमा अध्यागमन कार्यालय, भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरी रहने छ।

चेकपोष्ट स्थापनाले यात्रुलाई सहज हुने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए। ‘सीमा वारपार गर्ने यात्रुको चेकजाँच गर्नका लागि नाकामा चेकपोष्ट स्थापना गरिएको हो,’ उनले भने, ‘न्युनतम भन्सार शुल्क तिर्नुपर्ने यात्रुले त्यही शुल्क तिर्न सक्ने छन्।’ नाकामा रहेको भन्सार कार्यालय भूकम्पको कारण पूर्ण क्षति भएपछि दुई किलोमिटर वरबाट कार्यालय सञ्चालन हुँदै आएको छ।  जसका कारण भन्सार शुल्क तिर्नका लागि टिमुरे आएर पुनः रसुवागढी पुग्नुपर्ने बाध्यता थियो।

चेकपोष्ट स्थापनाले यात्रुको चेकजाँच गर्न र यात्रुले भन्सार शुल्क तिर्नका लागि सहज हुनेछ। चेकपोष्टमा केही समयभित्रै एक्सरे मेसिन जडान गरिने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए।  उनले भने, ‘विभागले केही समयभित्रै एक्सरे मेसिन उपलब्ध गराउने भनेको छ, एक्सरे मेसिन जडान गरेपछि अबैध सामग्री ओसारपसारमा कमी आउने छ।’

भन्सार सुधार कार्यक्रम अन्तर्गत १ करोड ७ लाखको लागतमा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय रसुवाले प्रिफ्याब भवन निर्माण गरेको हो। २०७३ साउनदेखि निर्माण सुरु भएको करिब तीन महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो

प्रकाशित: १२ माघ २०७४ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App