तमलोपाको प्रथम महाधिवेशन सुरु

मङ्गलबार, ०७ असार २०७३, ०८ : ५६

नवलपरासी- तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन सोमबार नवलपरासीको परासीमा सुरु भएको छ।

कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष महन्थ ठाकुरले राज्यका हरेक निकायमा मधेसीको जनसंख्याको अनुपातमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए। सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाउँदै उनले सार्थक वार्ता आह्वान भए आफूहरु तयार रहेको बताए।

सरकारलाई पठाएको ११ बुँदे मागप्रति स्पष्ट धारणा नआएसम्म वार्तामा बस्नुको कुनै तुक नरहेको उनको भनाइ छ। मधेस आन्दोलनमा ज्यान गुमाउनेल सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था र आन्दोलन क्रममा लगाइएको झूटो मुद्दालाई खारेज गर्न उनले माग गरे। ३६ पटक वार्ता हुदा पनि पनि सत्ताधारी दलले धोका दिएका उनले आरोप लगाए। 'मधेस जबसम्म स्वायत्त हँुदैन तबसम्म आन्दोलन रोकिन्न,' उनले भने, 'तराई–मधेशले राज्यका हरेक तहमा ५२ प्रतिशत हिस्सा पाउनुपर्छ।'

महाधिवेशनमा शुभकामना दिन आएका भारत उत्तराखण्डका पूर्वमूख्यमन्त्री तथा भारतीय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष भगतसिंह कोशियारीले लोकतान्त्रिक पद्धतिमा सबैले राज्यसँग आफ्नो हम माग्न पाउने बताए।

उनले मधेस आन्दोलनका बेला मधेसका पीडित जनताले गरेको नाकाबन्दी र  धर्नाका कारण नेपाल सरकारले भारतलाई दोष देखाउँदै बदनाम गरेको आरोप लगाए। भारत, बिहारका पूर्वमन्त्री तथा आरजेडी उपाध्यक्ष रघुवंशप्रसाद सिंहले सम्पूर्ण मधेसी दललाई एक भएर आन्दोलन गर्न सल्लाह दिए। उनले सरकारसँग लड्न मधेसी दल एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए। 

८ गतेसम्म चल्ने महाधिवेशनमा २७ जिल्लाका १२ सय प्रतिनिधि सहभागी छन्। उद्घाटन सत्रमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरालगायत पनि सहभागी थिए।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad