७ वैशाख २०८१ शुक्रबार
अर्थ

क्यान इन्फोटेकमा युवापुस्ताको आकर्षण (फोटो/भिडियो)

काठमाडौं – सूचना तथा सञ्चार प्रविधि क्षेत्रको महामेलाका रुपमा लिइने क्यान इन्फोटेक अवलोकन गर्नेमा युवा वर्ग अग्रपंतीमा आउँछ। सुबिसु क्यान इन्फोटेक–२०१८ माघ १६ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ।  

प्रदर्शनीमा महासंघका सदस्य संस्थाहरुका साथै राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित व्यवसायीको सहभागिता रहेको आयोजकले जनाएको छ।  

शुक्रबार ४२ हजार ८ सय २६ जनाले मेलाको अवलोकन गरेका छन्। आज सामुदायीक तथा सरकारी विद्यालयका विद्यार्थीहरुको चाप मेलामा रहेको थियो। विद्यालयहरुको अनुरोधमा क्यानले १ हजार भन्दा धेरेलाई निशुल्क प्रवेश गराएको क्यान महासंघका प्रवन्धक सुभाष पौडेलले बताए।

मेलामा आज नेपाली जीपीएस ट्रयाकर सार्वजनिक गरिएको छ। त्यसैगरी रोवर्टिक्स अफ नेपालले थ्रीडी प्रिन्टरको प्रदर्शन गरेको थियो। मेलामा नयाँ प्रविधिलाई भित्र्याउने क्रममा दृष्टिविहिनहरुको दैनिक जीवन तथा सिकाइमा सहयोग हुने खालका प्रविधिको प्रयोग गरेका छन्।

रामलक्ष्मण इनोभेसनको भोटिङि मेसिनबाट मेलाको अवलोकन गर्न आएका दर्शकहरुबाट आयोजकले प्रतिक्रिया लिएका थिए।

यसपटकको प्रदर्शनीमा भृकुटीमण्डपस्थित मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र बाहिर पाँचवटा ब्रान्डिङ प्रदर्शन कक्ष (स्टल) रहेका छन्। त्यसैगरी, ट्रसमा एक सय ४४, खुल्ला स्थानमा १४ र फुड स्टल १० गरी दुई सय २२ स्टल रहेको आयोजकले जनाएको छ। प्रदर्शनीमा हार्डवेयर सेल्स एन्ड मेन्टेनेन्स, पावर सोलुसन, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन लगायतका स्टल छन्।

यसपटकको प्रदर्शनीमा चार लाख अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अपेक्षा छ। सर्वसाधारणका लागि टिकट शुल्क सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। अनलाइनमार्फत टिकट खरिद गर्दा २० प्रतिशत छुट प्रदान गरिने बताइएको छ।

एकै थलोमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको नयाँ–नयाँ प्रविधिबारे जानकारी दिने तथा व्यावसायिक सम्भावना विस्तार गर्ने उद्देश्यले महासंघले प्रत्येक वर्ष प्रदर्शनी आयोजना गर्दै आएको छ। महासंघले सन् १९९५ देखि आयोजना गर्दै आएको यो प्रदर्शनीमा सहभागीले सूचना तथा सञ्चार क्षेत्रमा भित्रिएका पछिल्ला प्रविधिको अवलोकन तथा खरिदको अवसरसमेत पाउछन्।

फोटो/भिडियो: दिपेन्द्र रोक्का

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App