coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तरकारी बेचेर अस्पताल बनाउने सुभाषिनीलाई पद्मश्री

नयाँदिल्ली – भारत सरकारले गणतन्त्र दिवसको अवसरमा विहीबार राति पद्मश्री पुरस्कारको घोषणा गर्यो। विभिन्न क्षेत्रमा विशिष्ट सेवा र उल्लेखनीय योगदान गर्नेलाई दिइने पद्मश्री पुरस्कार पश्चिम बंगालकी समाजिक कार्यकर्ता सुभाषिनी मिस्त्रीले पनि पाउने भएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सुभाषिनी यस्ती महिला हुन जसले गरिबीसँग संघर्ष गरेर आफ्नै पहलमा गरिबका लागि अस्पताल बनाइन। त्यो पनि तरकारी बेचेर र जुत्ता पोलिस गरेर। गरिबीमा आफ्नो जीवन विताएर मानिसको सेवा गरिन् उनले।

कोलकतामा बस्दै आएकी सुभाषिनी गरिबका लागि अस्पताल बनाउन चाँहन्थिन र उनले बनाएरै देखाइन्। रोचक कुरा त के भने उनले यो काम तरकारी बेचेर र जुता पोलिस गरेर पूरा गरिन।

कोलकतामा बस्दै आएकी सुभाषिनी गरिबका लागि अस्पताल बनाउन चाँहन्थिन र उनले बनाएरै देखाइन्। रोचक कुरा त के भने उनले यो काम तरकारी बेचेर र जुता पोलिस गरेर पूरा गरिन।

सन् १९४३ मा बंगालमा अनिकाल सिर्जना भएको समयमा जन्मिएकी सुभाषिनीका १४ भाईबहिनीमध्ये ७ को उपचार नपाएरै मृत्यु भयो। परिवारले उनको विहे सानै उमेरमा गरिदिए। १९७१ मा उनका पतिले उपचार नपाएर ज्यान गुमाए। ४ छोराछोरीको पालपोषण गर्नुपर्ने जिम्मेवारी उनैलाई आइलाग्यो।

सानोमा भाईबहिनी उपचार नपाएर मृत्यु भएको र पछि पतिले पनि उपचार नपाएरै ज्यान गुमाएपछि उनलाई असह्य पीडा भयो। त्यसपछि उनले अस्पताल खोल्नेबारे सोच्न थालिन र गाउँमा अस्पताल बनाउने निर्णय लिइन। करिब २० वर्षसम्म एक–एक पैसा जोडेर १९९२ मा सुभाषिनीले हंसपुकुर गाउँ फर्केर १० हजार रुपैयाँमा एक एक्कड (करिब ५ विगाहा) जमिन खरिद गरिन्।

त्यसपछि अस्थायी भवन बनाएर प्राथमिक उपचारको सुरुवात गरियो। सहरमा गएर माइकिङ गर्दै डाक्टरलाई निःशुल्क सेवाका लागि अनुरोध गरियो। अस्थायी भवनमा पहिलो दिन २५२ उपचार गरियो र अहिले यो अस्पताल निरन्तर अगाडि बढिरहेको छ। अहिले अस्पतालको भवन ९ हजार स्क्वायर फिटमा बनेको छ।

सुभाषिनी अहिले पनि २४ सैं घण्टा सुविधा दिन चाँहन्छिन्। यहाँ गरिबको निःशुल्क उपचार हुन्छ। गरिब विरामीबाट मात्र १० रुपैयाँ शुल्क लिइन्छ। तर, आज अस्पताल सञ्चालन भइसक्दा पनि सुभाषिनीको लक्ष्य पूरा भएको छैन्। उनी भन्छिन्– जुन दिन अस्पताल सबै सुविधाले सम्पन्न हुनेछ त्यो दिन मेरो योजनामा सफलता मिल्नेछ।

प्रकाशित: १२ माघ २०७४ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App