लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

शुक्रबार, १२ माघ २०७४, १५ : २४ नागरिक

दाङ – आन्तरिक राजश्व कार्यालय दाङले चालू आर्थिक वर्ष २०७४–७५ को ६ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ। 

राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो। 

राजश्व कार्यालयले ६ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आर्थिक वर्षकोे पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले सबैभन्दा बढी आय करतर्फ रु ३५ करोड ३२ लाख ४३ हजार राजश्व संकलन गरेको छ । ६ महिनाको अवधिमा आय करतर्फ रु २५ करोड ७४ लाख ९७ हजार राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो। 

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु २८ करोड ६३ लाख ९७ हजार, अन्तः शुल्क कर रु १३ करोड २३ लाख ९० हजार, बहाल कर रु ५ करोड ८२ लाख ४८ हजार, स्वास्थ्य सेवा कर रु ३६ लाख २६ हजार तथा शिक्षा सेवा करतर्फ रु ६३ लाख ८१ हजार राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत उदयराम केसीले जानकारी दिए। 

कार्यालयले लक्ष्यभन्दा बढी कर संकलन हुनुमा व्यवसायीले समयमै कर बुझाउनुपर्छ भन्ने चेतनाको विकासका साथै कार्यालयको सक्रियता भएको जनाएको छ । त्यस्तै यसवर्ष कार्यालयले ठूला करदाताको घरमा नै पुगी पुस मसान्तसम्मको कर किस्ता दाखिलाको लागि पहलकदमी गरेको छ । आन्तरिक राजश्व कार्यालयमा हाल साना ठूला गरी ३० हजार करदाता रहेका छन्।  (रासस)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad