coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारका निर्णय पुर्नविचार हुन्छ : उपाध्यक्ष रावल

खम्म खत्री

अछाम- नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अहिलेको सरकारले र मनपरी ढंगले जनताको हित विपरीत निर्णय गरीरहेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपाल अछाम शाखाले शुक्रवार अछामको साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनर्विचार गर्ने बताए। नेता रावलले बर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रको हीत विपरीत भएको बताउँदै भावी सरकारलाई उक्त निर्णयहरु मान्य नहुने चेतावनी दिए।

सरकारले सामाजिक सुरक्षा र भूकम्प पीडितको राहत सम्बन्धी गरेको निर्णय, देश कंगाल बनाउने कदम भएको टिप्पणी गर्दै ‘कामचलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको भन्दै बर्तमान सरकारलाई त्यसो गर्ने अधिकार छैन।’ उनले भने —‘सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा फँसाउने, प्रतिकूलता बढाउने र संचित रकम ध्वस्त पारिदिने लगायतका क्रियाकलाप गर्न मिल्दैन।’

वृद्ध भत्ता पाउने उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्प र बाढी पीडितलाई घर निर्माणका लागि राहत स्वरुप १ लाख रुपैयाँ थप गर्ने सरकारको निर्णयले चर्को आलोचना गरे। प्रदेश राजधानी तोक्ने विषयमा सरकारले गठन गरेको विज्ञ टोलीले तयार पारेको प्रतिवदेन सार्वजनिक नगरेर अस्थायी मुकाम तोक्ने निर्णयको रावलले विरोध गरे। ‘सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नको लागि वामगठबन्धनले सुझाव दिइएको हो।’ उनले भने– ‘कामचलाउ सरकारले गरेको अस्थायी मुकाम वामगठबन्धन मान्न तयार नभएको बताउदै प्रदेश नं.७ को अस्थायी मुकाम धनगढीमा तोक्ने विषयमा काँग्रेसका कार्यकर्ताहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको रावलको भनाई छ। अहिलेको तोकिएको मुकाम अस्थायी भएकाले प्रदेश सभाको वैठकले सवै जनतालाई पाएक पर्ने स्थानमा राजधानी तोक्ने पनि आश्वसन दिए।

प्रकाशित: १२ माघ २०७४ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App