निर्वाचनपछि देश समृद्धिको यात्रामा‌ : दाहाल

शुक्रबार, १२ माघ २०७४, १३ : ०३ नागरिक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताएका छन्। 

अध्यक्ष दाहालले भने,“युवा विद्यार्थी भनेका आफैँमा जिज्ञासु, प्राविधिक रुपमा समेत सचेत वर्ग भएकाले देश विकासमा यही समूहलाई नेतृत्व दिन तयार हुनुपर्छ । राजनीतिक क्रान्ति सम्पन्न भएको छ, आर्थिक क्रान्तिका लागि अब युवा नै अग्रसर हुनुपर्छ।” 

शुक्रबार आफ्नै निवास खुमलटारमा राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहितका विद्यार्थी नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले तराई– मधेशको माग सम्बोधन गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न वाम गठबन्धन तयार रहेको बताए। 

शान्तिपूर्ण रुपमा तराई–मधेशको मागलाई संविधानको दायराबाटै पूरा गर्न सकिने उल्लेख गर्दै अध्यक्ष दाहालले भने,“मधेशलाई विकास र समृद्धि चाहिएको छ, वामपन्थी सरकारले त्यसमा जोड दिनेछ।”  

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेद्को सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताए। 

सो अवसरमा नवप्रवेशी साहले माओवादी पार्टी नै मधेशी जनताको अधिकारको पक्षमा लड्ने भएकाले आफूहरुले पार्टी प्रवेश गरेको र निरन्तर क्रियाशील हुने बताए । 

कार्यक्रममा महासचिव साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजितपप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष वसन्त ठाकुरलगायतका विद्यार्थी नेता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा अधिकांश इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी छन्।  (रासस)







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad