coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा. सन्दुक रुइतलाई भारतकाे पद्मश्री सम्मान

काठमाडौँ – भारत सरकारले नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई  पद्मश्री  पुरस्कारबाट सम्मान गर्ने  घोषणा गरेको छ।

६९ औँ गणतन्त्र दिवसको अवसरमा भारतले डा. रुइतलाई भारतको प्रतिष्ठित नागरिक सम्मान पद्मश्री  पुरस्कारले सम्मान गर्ने भएको हो। 

He has gifted vision to more than 1 lakh people. Through low-cost cataract surgery. Meet #PadmaShri 2018 awardee Sanduk Ruit pic.twitter.com/uNpLRvl0vG

— PIB India (@PIB_India) January 25, 2018

 

भारतको प्रेस इन्फर्मेसन ब्युरोले आफ्नो आधिकारिक ट्विटरमा डा. रुइतलाई पध्मश्री सम्मान दिने उल्लेख गर्दै लेखेको छ, ‘उनले एक लाखभन्दा बढी मानिसलाई सस्तो मूल्यमा मोतिबिन्दुको शल्यक्रिया गरी ज्योति प्रदान गरेका छन्।’

भारतले आफ्नो गणतन्त्र दिवसको पूर्वसन्ध्यामा विहीबार विभिन्न विधामा सम्मान दिइएका व्यक्तिहरूको नाम घोषणा गरेको थियो । भारतले दिने नागरिक सम्मान मध्ये पद्मश्री चौथो उच्च सम्मान हो।

रुइतले २००६ मा रोमन म्यागासेसे पुरस्कार समेत प्राप्त गरेका थिए। उनले भारतको एम्सबाट एमविविएस गरेका हुन्।

डा. रुइतले प्रयोग गरेको प्रविधिले मोतीविन्दुको शल्यक्रिया सबैको पहुँचमा पुगेको छ। जसका कारण शुल्कमा ९० प्रतिशतसम्मले कम भएको छ। यो प्रविधि ३० भन्दा बढी देशहरूमा प्रयोगमा ल्याइएको छ। रुइतले हप्तामा २५ सय भन्दा बढी बिरामीको उपचार गर्छन्। गरिव तथा असाहयलाई निशुल्क उपचार गर्ने गर्छन्। उनले आँखा उपचारको लागि शिविर समेत लैजाने गर्छन्। उनले ३० वर्षको सेवामा एसिया र अफ्रिकामा गरेर १ लाख भन्दा धेरै मानिसलाई आँखाको ज्योती दिएका छन्।

उनले आँखाको उपचारका लागि नयाँ पद्धति जन्माउने सपना देखेका थिए । त्यतिबला निकै असहज तरिकाको पद्धतिभन्दा फरक पद्धति विकास गर्नुपर्छ भन्ने उनको मान्यता थियो । मोतीया बिन्दुको उपचार गर्ने नयाँ चिकित्सापद्धति रुइतेक्टोमीको सुरुवात गरे । जसका कारण उनले सन् २००६ मा म्यागासेसे पुरस्कारसमेत प्राप्त गर्न सफल भए । नेपालमै आँखा केन्द्र खोल्ने उनको सपनालाई अस्ट्रेलियाका डाक्टर हलोजले साथ दिए । फ्रेड हलोज फाउन्डेसनको साथ र नेपाली समाजसेवीहरुको साथबाट उनले तिलगंगा आँखा केन्द्रको सन् १९९२ मा स्थापना गरे। सेवा सुरु गरेको १९९४ आफ्नो उपचार पद्धतिका साथमा उनले झण्डै डेढ लाख मानिसको मोतिया बिन्दुको उपचार गरिसकेका छन् । पछि यही केन्द्र तिलगंगा आँखा अस्पतालका रुपमा स्थापित भयो । उनले नेपालका दूरदराजका नेपालीको मात्र नभई भारत, बंगलादेश, भुटान, बर्मा, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, उत्तर कोरिया, चीन, अफ्रिका लगायतका देशका बिरामीको आँखाको समेत उपचार गरेका छन् । उनले उपचार पद्धतिमा ल्याएको उच्चस्तरीय लेन्स परम्परागत लेन्सभन्दा तीस गुणा सस्तो मानिन्छ । मोतिया बिन्दुबाहेक आँखाको बाहिरी झिल्लीको प्रत्यारोपणमा समेत उनले सफलता प्राप्त गरे ।

प्रकाशित: १२ माघ २०७४ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App