coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी – मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कानेपोखरी–७ बस्ने ५५ वर्षीय विशेश्वरप्रसाद राजवंशी रहेका छन्। बिहीबार साँझ भौसाबारीबाट रमाइलोतर्फ आउँदै गरेको को १ त ७१५५ नम्बरको ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राजवंशीको नोबेल अस्पताल, विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। 

ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: १२ माघ २०७४ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App