७ वैशाख २०८१ शुक्रबार
कला

ओस्कारमा छायो ‘द सेप अफ वाटर’

लसएजल्स्– विश्वकै प्रतिष्ठित फिल्म अवार्ड ‘ओस्कर अवार्ड’को ९० औं संस्करणमा हलिउड फिल्म ‘द सेप अफ वाटर’ सर्वाधिक १९ विधाको मनोनयनमा परेको छ । गुइलेर्मो डेल टोरोजको यो काल्पनिक रोमान्टिक फिल्म ‘बेष्ट पिक्चर’सहित १३ विधामा मनोनित भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दोस्रो विश्वयुद्धको कथामा आधारित फिल्म ‘डनकिर्क’ अवार्डको ‘बेस्ट पिक्चर’सहित ८ विधामा र ‘थ्री बिलबोर्डस् आउटसाइड इबिङ, मिसोरी’ पनि ‘बेस्ट पिक्चर’सहित७ विधामा मनोनित भएको छ ।

अवार्डमा ‘बेस्ट एक्टर’ विधामा फिल्म ‘कल मि बाइ युअर नेम’बाट टिमोथी चालामेट, ‘फेन्टम थ्रेड’बाट डेनियल डे लेविस, ‘गेट आउट’बाट डेनियल कालुया, ‘डार्केस्ट आवर’बाट गेरी ओल्डमेन र ‘रोमन जे इजरायल, इश्क’बाट डेन्जेल वासिङ्टन छन् ।

‘बेस्ट एक्ट्रेस’मा ‘द सेप अफ वाटर’बाट सेली हकिन्स, ‘थ्री बिलबोर्ड आउटसाइट इबिङ, मिजौरी’बाट फ्रान्सेस म्याकडोरमेन्ड, ‘आइ टोन्या’बाट मारगोट रोबी, ‘लेडी बर्ड’बाट साओरिस रोनान र ‘दी पोष्ट’बाट मेरिल स्ट्रिप छन् । मेरिल यो अवार्ड गरी १७ पटक ‘बेस्ट एक्टे«स’ र सबै गरी २१ औं पटक मनोनयनमा परेकी हुन् ।
अवार्डमा ‘बेस्ट डिरेक्टर’ विधामा फिल्म ‘डनकिर्क’बाट क्रिस्टोफर नोलान, ‘गेट आउट’बाट जोर्डन पेले, ‘लेडी बर्ड’बाट ग्रेटा गर्विग, ‘फेन्टम थ्रेड’बाट पल थोमस एन्डरसन र ‘द सेप अफ वाटर’बाट गुइलेर्मो डेल टोरो मनोनित भए ।

सर्वाधिक विधामा मनोनयनमा परेको ‘द सेप अफ वाटर’ अवार्डमा ‘सिनेमाटोग्राफी’, ‘कस्ट्यूम डिजाइन’, ‘फिल्म सम्पादन’, ‘संगीत’, ‘प्रोडक्शन डिजाइन’, ‘साउण्ड एडिटिङ’, ‘साउण्ड मिक्सिङ’ र ‘लेखन (मौलिक पटकथा)’ विधामा मनोनित भएको छ ।

 

प्रकाशित: १२ माघ २०७४ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App