५ वैशाख २०८१ बुधबार
कला

छमछमीबाट बाहिरिए जीवन

काठमाडौं–नेपाल टेलिभिजनबाट निर्माण भई प्रसारण भइरहेको मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट यो साता दाङका जीवन बुढाथोकी बाहिरिएका छन् । दाङको अडिसनबाट काठमाडौंको छमछमी यात्रा तय गरेका जीवनले टप ७ बाट आफूलाई अगाडि बढाउन सकेनन् ।

विशेषतः अभिनयात्मक प्रस्तुतिमा अब्बल जीवनको प्रस्तुतिमा निर्णायकले प्रशंसा गर्दै आए पनि  दर्शकको कम भोटिङले उनलाई अगाडि बढ्न सकेनन् । भारतको लखनऊ, नयाँदिल्ली र मुम्बईका ठूला रियालिटी शोमा उनले सहभागिता जनाइसकेका छन् । जीवनले छमछमीबाट बाहिरिनु अघि ठूलो फ्लोरमा सिक्ने र प्रस्तुति दिने मौका मिलेकोमा सबैलाई धन्यवाद दिए । उनले ३२ इन्चको एलजी स्मार्ट टिभी पनि पुरस्कार पाएका छन्।

मिडिया संयोजक रामबाबु अधिकारीका अनुसार सो राउन्डमा सुनसरीकी मनिता राईले सबभन्दा बढि भोट प्राप्त गर्ने प्रतिस्पर्धीको रुपमा चौधरी ग्रुपको तर्फबाट विशेष पुरस्कार पाइन् । प्रतियोगितामा अब दाङका एलेक्स विक, झापाकी केबिका खत्री, सुनसरीकी मनिता राई, मकवानपुरका सरोज प्रजा, सुर्खेतका शेखर घर्ती मगर र रामेछापकी रबिता मगर मात्र बाँकी छन् ।

यो रियालिटी शोमा प्रथम हुनेले डाट्सनको रेडि गो कार, द्वितीय हुनेले ५ लाख बराबरको  एलजी होम एपलाइन्सेस, तृतीय हुनेले ३ लाख बराबरको एलजी होम एपलाइन्सेस र टप १० भित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एलजि स्मार्ट टिभी पुरस्कार पाउनेछन् ।

 

प्रकाशित: १२ माघ २०७४ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App