coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

त्रिकोणात्मक प्रेमकथामा ‘रानीमहल’

काठमाडौं– प्रेमकथाका फिल्म बन्ने क्रम चलिरहँदा यो सूचीमा बिहीबारबाट नयाँ फिल्म ‘रानीमहल’ पनि थपिएको छ । त्रिकोणात्मक प्रेमकथाको सेरोफेरोमा बुनिएको  फिल्मले बिहीबार होटल अन्नपूर्णमा औपचारिक कार्यक्रम गर्दै  फिल्मको नामसँगै कलाकार तथा प्राविधिक सार्वजनिक गरेको थियोे ।

फिल्मका निर्देशक हिमाल न्यौपानेले रानीमहललाई नेपाली समाजमा प्रेमको प्रतीकको रुपमा लिइने भएकाले ‘रानीमहल’ पनि प्रेमकथामा नै आधारित हुने बताए । ‘नामले फिल्म दरबारसँग सम्बन्धित जस्तो लागे पनि यथार्थमा फिल्म दरबार वा यसको सेरोफेरोबाट टाढा छ,’उनले भने,‘फिल्ममा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिनेछ ।’

फिल्मबाट तीन नयाँ अनुहारले डेब्यु गर्दैछन् । फिल्मबाट आशिश अधिकारी, साहिल श्रेष्ठ र मानस्वी खरेलले फिल्मीयात्रा थाल्न लागेका हुन् । बैंकर आशिष अधिकारीले फिल्मको कथा र निर्माण टीमको शैली मन परेकाले काम गर्न राजी भएको बताए ।

‘हाम्रो पुस्ताले सजिलै रिलेट गर्ने खालको कथा छ । प्रेमकथा विधाको फिल्म भए पनि यो परम्परागत छैन । नयाँ स्वादको प्रेमकथा छ,’ आशिषले भने । फिल्ममा प्रशान्त ताम्राकारको पनि अभिनय रहनेछ । ‘ऐश्वर्य’बाट उदाएका उनको उपस्थितिले आफू ओझलमा पर्ने डर नभएको आशिषले बताए ।फिल्ममा पहिले प्रदिप खड्का र सन्ध्या केसी फाइनल भएको समाचार बाहिरिएको थियो । सन्ध्यालाई फिल्ममा प्रतिस्थापन गरेकी वर्षा सिवाकोटीले आफूलाई पहिलेको सम्झौताका बारेमा थाहा नभएको तर कथा मन परेकाले फिल्म गर्न राजी भएको बताइन् ।

माघको तेस्रो सातादेखि फ्लोरमा जाने फिल्ममा विमल भुसालको लगानी रहनेछ । फिल्ममा नीर शाह, बिएस राना, प्रशान्त ताम्राकार, दिपक क्षेत्री, केशव भट्टराई, सुष्मिता बमजन, रश्मी भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, साहिल श्रेष्ठ, मानस्वी खरेल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामिछाने, भिस्मराज जोशी, सौगात धिताल, विनोदकुमार सापकोटा, सुरज चौलागाईं, पुष्पा निरौला, भोला शाह, गणेश पौडेलको अभिनय हुनेछ ।

बुटबल, भैरहवा, चितवन, स्याङ्जा,पोखरा, पाल्पा र काठमाडौंमा सुटिङ हुने फिल्ममा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायांकन, अर्जुन पोखरेल र हरकुलिश बस्नेतको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र रामजी लामिछानेको नृत्य हुनेछ ।
 

प्रकाशित: १२ माघ २०७४ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App