coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एनएनआइपिए सम्मान यसै महिना

काठमाडौं– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले माघको अन्त्यमा ३५ फरक खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने भएको छ ।खेलाडी प्रोत्साहनका लागि गरिने प्रतियोगिता माघ २७ गते टोखामा हुने एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस पटक सातौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथ्लेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लन टेनिस, सफ्ट टेनिस, टेबल टेनिसका खेलाडी सम्मानित हुनेछन् । यसैगरी कबड्डी, जिम्न्यास्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, चेस, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो, स्नुकर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, सेपाक ताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका उत्कृष्ट खेलाडी सम्मानित हुने श्रेष्ठले बताए ।

सबै विधाका उत्कृष्ट घोषित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।त्यस्तै पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेलाडीबाट एक खेलकर्मी २५ हजार नगदसहित पुरस्कृत गरिने छ । यस पटकबाट एक खेल पत्रकारलाई एनएनआइपिए पत्रकारिता सम्मान स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने छ । गजराज जोशी आदर्श खेलाडी र एनएनआइपिए पत्रकारिता सम्मानका लागि अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष हरि खड्का र एनएनआइपिएका निवर्तमान अध्यक्ष दिपक विष्ट सम्मेलित तीन जनाको समितीले निर्णय गर्ने र अन्य विधाको हकमा सम्बन्धित संघबाट सिफारिस भएका खेलाडीलाई सम्मान गरिने बताइएको छ ।


 

प्रकाशित: १२ माघ २०७४ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App