८ वैशाख २०८१ शनिबार
खेल

जिदानले हारको जिम्मा लिए

मड्रिड –लेगानेससँग बुधबार क्र्वारफाइनल दोस्रो लेगमा स्तब्ध हुँदै कोपा डेल रेबाट बाहिरिएपछि दबाबमा परेका रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले हारको जिम्मेवारी लिएका छन् ।

गत साता पहिलो लेगमा १–० को जित हासिल गरेको रियालले सन्टियागो बेर्नाबेउमा सम्पन्न दोस्रो लेगमा लेगानेसलाइ २–१ को नतिजा सुम्पिएको हो । समग्रमा २–२ को नतिजा भए पनि लेगानेसले अवे गोल आधारमा भाग्यमानी हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

‘म प्रशिक्षकका नाताले टोली प्रतियोगिताबाट बाहिरिनुको सम्पूर्ण जिम्मेवारी लिन चाहन्छु,’ दुई साताअघि मात्र क्लबसँगको सम्झौता सन् २०२० सम्मका लाथि थप गरेका जिदानले भने ।३२औं मिनेटमा हाभियर इरासोले माटियो कोभासिकको पासमा गरेको गोलमा लेगानेसले अग्रता लिएको थियो ।

मध्यान्तरपछिको दोस्रो मिनेटमा लुकास भाजक्युजको पासमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई  खेलमा फर्काएका थिए । तर ५५औं मिनेटमा ग्याब्रियलले लेगानेसका लागि विजयी गोल गरे ।बुधबारै चाढोगरि सम्पन्न खेलमा भ्यालेन्सियाले आल्भेसलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको छ ।

प्रकाशित: १२ माघ २०७४ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App