coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अमेरिकी र क्यानडियन महिला पौडीबाजले जिते संयुक्त स्वर्ण

रियो दि जेनेरियो— ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पौडीतर्फको महिला एक सय मिटर फ्रि—स्टाइलमा अमेरिकी र क्यानेडेली पौडीबाजले संयुक्त रुपमा स्वर्ण पदक जितेको छन्।

निर्धारित दूरी ५२.७० सेकेण्डमा पुरा गर्दै अमेरिकी सिमोन म्यान्युअल र क्यानडाकी पेन्नी ओकेक्सियाकले संयुक्त स्वर्ण पदक जितेका हुन्। सो स्पर्धामा स्विडेनकी सारा सोजस्ट्रोमले रजत तथा अस्ट्रेलियाकी ब्रोटनी च्याम्पलले कास्य पदक जितिन्।

जारी रियोमा पेन्नीले दिलाएको यो स्वर्ण क्यानडाका लागि पहिलो स्वर्ण हो। त्यस्तै म्यान्युअल ओलम्पिक इतिहासमै स्विमिङ तर्फ स्वर्ण जित्ने पहिलो अश्वेत खेलाडी बनेकी छन्।

यस अघि सन् २००० मा अस्ट्रेलियमा सम्पन्न ओलम्पिकमा पुरुष ५० मिटर फ्रि—स्टाइलमा निर्धारित दूरी एकै समयमा पूरा गर्दै अमेरिकाका गेरी हल र एन्थोनी एर्भिनले संयुक्त स्वर्ण जित्दै किर्तिमान बनाएका थिए।

 

प्रकाशित: २८ श्रावण २०७३ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App