coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुबिसुलाई प्रदेश २ मा एफटीटीएच नेटवर्क सञ्चालन गर्न स्वीकृत

काठमाडौं–सुबिसु केबलनेटलाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्कको पुर्वाधार विकास गर्नको लागि नेपाल दुरसंचार प्राधिकरणले स्वीकृति प्रदान गरेको छ ।  आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसुले नोकियासँग गुणस्तरीय प्रडक्टको लागि हातेमालो गरेको छ ।
एफटीटीएच इमजिङ ब्रोडब्याण्ड टेक्नोलोजि हो । सुबिसु केबलनेटले ग्राहकहरुलाई उच्चस्तरीय सर्पोट सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेकोे छ ।

सुबिसुले ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदानगर्नको लागि देशभरी नै अप्टिकल फाइबर नेटवोर्क विस्तार गरीरहेको छ । भैगोलिक बनावट, राजनैतिक अस्थिरता, विज्ञहरुको कमी र नयाँ प्रविधिको लागि चाहिने पुँजीको अभावले नै नेपालमा स्थिर तथा समक्ष नेटवर्कको सेवा प्रदान गर्न ठुलो चुनौती देखिने सुबिसुले जनाएको छ ।

नेपालभरका घरघरमा ब्रोड ब्याण्डको पुर्वाधार विकास गर्नकालागि नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले(एनटीए) देशमा संचालित टेलिकम अपरेटरर्स तथा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुसँग सहकार्य गरेको छ ।
 

प्रकाशित: १२ माघ २०७४ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App