coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतले सीमा मिचेको क्षेत्रमा पुग्यो नेविसंघ

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वीरगञ्जमा भारतले मिचेको सीमा क्षेत्रमा राष्ट्रिय झण्डासहित अवलोकन गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

विहीबार अध्यक्ष नैनसिंह महरको नेतृत्वमा सीमा मिचिएको क्षेत्र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैया पुगेको उच्चस्तरीय प्रतिनिधिमण्डलले झण्डा फहराउँदै समस्या समाधानका लागि सरकारलाई दबाब दिने र भारत सरकारलाई राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउने बताएको छ।

नेविसंघले यस अघि पनि नेपाली सीमाको रक्षा गर्नभन्दै काठमाडौँमा र्याली निकालेको थियो । वीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपाल तर्फ परेपछि बर्षौदेखि भोग चलन गर्दै आएको करिब ५० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको स्थानीयवासीले दाबी गर्दै आएका छन् ।

सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा ५० विगाहा जमिन भारतले आफ्नोतर्फ लिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित: ११ माघ २०७४ १४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App