५ वैशाख २०८१ बुधबार
अर्थ

अष्ट्रेलियन एजुकेशन फेयर २०१८ हुँदै

काठमाडौं – अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्र्श गर्दै आइरहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज्को आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर—२०१८ हुने भएको छ।

काठमाडौं दरबारमार्गस्थित होटल अन्नपूर्णमा माघ १३ गते शनिबार हुने फेयरमा अष्ट्रेलियाका चाल्स स्टर्ट युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी, मक्वाईरी युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानिया, टरेन्स युनिभर्सिटी, स्टडी ग्रुप, सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी, युनिभर्सिटी अफ न्यू क्यासल लगायतका १६ वटा प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाका अनुसार परामर्श तथा जानकारीका लागि फेयरमा सहभागी कलेज तथा युनिभर्सिटीका उच्च पदस्त प्रतिनिधिहरुको उपस्थिती रहनेछ।

प्लस टु सकेकादेखि ब्याचलर वा मास्टर्स सकेर मास्टर्स वाई रिसर्च र पिएचडी गर्न जान चाहनेसम्मका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गर्न लागेको यस फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि आकर्षक गिफ्ट ह्वाम्परको समेत ब्यवस्था छ। विद्यार्थीहरुको क्षमता अनुसार कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले छात्रवृति पनि प्रदान गर्ने एक्सपर्टले जनाएको छ।

प्रकाशित: ११ माघ २०७४ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App