७ वैशाख २०८१ शुक्रबार
राजनीति

कर्मचारी थप्नुपर्ने समयमा स्वेच्छिक अवकास !

काठमाडौं-  कर्मचारी थप्नु पर्ने समयमा स्वेच्छिक अवकास अवकासको नारा ल्याएर सरकारले व्यय भार सरकारले थपिरहेको एमालेको बताएको छ। पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै ६० अर्वको दायीत्व स्वेच्छिक अवकारको नाममा सरकारले थपेको उसले बताएको छ।

पछिल्लो समय १ हजार जनालाई विदेश भ्रमणमा पठाएर आर्थिक अनियमितता गरेको उसको धारणा छ।

ठूला ठेक्का योजना निश्चित समूहलाई दिएर स्वार्थ पुरा गरिएको एमाले आरोप छ।

वाम गठवन्धनको पक्षमा वहुमत आएपछि गठवन्धन फुटाउन सरकार लागेको र  नयाँ सरकार गठन गर्न नदिन कानुनी छिद्र खोज्दै हिँडेको एमाले भनाई छ।

१ सय ३ अर्व बचत रहेको अवस्थामा सरकारका कारण ४८ अर्व घाटामा जानु परेको एमालेले बताएको छ। अनुमान गरिए भन्दा कमले राजश्व वृद्धि हुँदा नयाँ सरकारलाई साढे पाँच खर्वको दायीत्व थपिएको भन्दै सरकारले संविधान विपरित काम गरेको एमालेले बताएको छ।

प्रकाशित: ११ माघ २०७४ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App