coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बृद्धभत्ता ६५ वर्षमा, सस्तो लोकप्रियता मात्रै : एमाले

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली। तस्बिर: दिपेन्द्र रोक्का

काठमाडौं- नेकपा एमालेले अहिलेको सरकारले गरेका निर्णयहरुलाई नयाँ सरकारले पुनर्विचार गर्ने बताएको छ। आज पत्रकार सम्मेलन गर्दै एमालेले कामचलाउ सरकारलाई दुरगामी निर्णय गर्ने अधिकार नभएको बताएको छ।

बृद्धभत्ता पाउने जेष्ठ नागरिकको उमेर घटाउनु सस्तो लोकप्रियता मात्रै भएको एमालेको टिप्पणी गरेको छ। पार्टी कार्यालय धुमबाराहीमा आयोजित पत्रकार सम्मलेनमा प्रेस विज्ञप्ती वाचन गर्दै सचिव प्रदिप ज्ञवालीले भने, ‘हिजो सामान्य सुधारको काम गर्दा ढुकुटी सकियो भन्ने कांग्रेसले अहिले आएर सस्तो लोकप्रियताको लागि यस्तो काम गर्दैछ। यो सस्तो लोकप्रियताको नारा मात्रै हो।‘

एमालेले विना मुल्याङकन गरिएको यो निर्णय देशलाई बोझ पुर्याउने निर्णय भएको अध्यक्ष केपी शर्मा ओलीले बताए। अर्थतन्त्र अप्ठेरोमा परेको बेला यस्ता निर्णय गरेरे झन् अप्ठेरोमा पार्ने काम सरकारले गरिरहेको उनले बताए।

भूकम्प पीडितलाई थप १ लाख अनुदान दिने सरकारको निर्णयबारे पनि एमालेले प्रतिक्रिया जनाएको छ।  ‘ काम गर्ने बेला पुननिर्माणका सिइओलाई चुनावमा पठाइयो’, ‘अहिले सस्तो लोकप्रियताको लागि यस्ता निर्णय गरिँदैछ।’

प्रहरी संगठनमा उमेर थप गर्न खोज्नु स्वार्थ समूहको प्रभावमा भएको उसको भनाई छ। यस्ता निर्णयले प्रहरी संगठनको संरचना लाई प्रभावित पार्ने एमालेले जनाएको छ।

प्रकाशित: ११ माघ २०७४ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App