७ वैशाख २०८१ शुक्रबार
समाज

विपी राजमार्गमा टाइम कार्डमा कडाइ

सिन्धुली – बिपी राजमार्गमा दुर्घटना बढेपछि गति सीमित गरि दुर्घट्ना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्न थालेको छ। दैनिक दुर्घट्ना हुन थालेपछि तीब्र गतिकै कारण दुर्घटना भएको निष्कर्षसहित प्रहरीले टाइम कार्डलाई कडाइका साथ लागु गरि ट्राफिक व्यवस्थापनमा जुटेको हो।

प्रत्येक सवारीले टाइम कार्डमा उल्लेख भएअनुसारको समयलाई मध्यनजर नगर्दा दैनिक दर्जनौ दुर्घट्ना हुने गरेको भन्दै टाइम कार्डको लागु गरिएको हो। बनेपा–सिन्धुली–बर्दिबास सडक खण्ड अन्र्तगत नेपालथोक देखि सिन्धुलीको भिमानसम्म गत बर्षको असार १ गतेबाट लागु हुनेगरी टाइमकार्ड राखिएको भएपनि राजमार्गमा चल्ने सवारीले टाइम कार्डको धन्जी उडाउदै तीब्र गतिमा सवारी चलाउदा दैनिक दुर्घट्ना बढ्न थालेको थियो।

विपी राजमार्ग साघुरो र घुमाउरो छ, त्यसैले विस्तारै सवारी हाक्नुहुन्छ सवारी चालकले भन्ने उदेश्यले टाइम कार्ड लागु गरेका थियौ, तर त्यस्तो हुन सकेन, जिल्ला प्रहरी कार्यालयका डिएपी बिनोद शर्माले भने– ‘चेकपोष्टमा आइपुग्दा कार्डमा उल्लेख भएअनुसारकै टाइममा आउने तर बाटोमा अत्याधिक तिब्र गतिमा गुडाउने र चिया पसल तथा होटलमा रोकेर राखेर पोष्टमा पुग्दा मात्रै नियम पालना गरेको देखाएको पाइयो, त्यसैले कडाइ गरिएको हो।’ प्रहरीले साना तथा ठुला गाडीलाई विस्तारै चलाउन एक औपचारिक कार्यक्रममार्फत सचेत गराई त्यसको भोलिपल्टै बाट राजमार्गमा चेकजाँचलाई कडा पारेको हो।

बनेपा–सिन्धुलीमाढी–बर्दिबास सडक खण्डमा सवारीको गति लिमिट गर्नुपर्ने राजमार्ग आयोजनाले नै सुझाएतापनि पूर्वका विभिन्न स्थानबाट बिपी राजमार्ग हुँदै काठमाडौं ओहोरदोहोर गर्ने सवारीले उच्छृखल ब्यवहार देखाई गति तिब्र पारेपछि टाइमकार्डलाई कडाई गर्नु परेको प्रहरीको भनाई छ। विशेषगरी साना माइक्रो बस(हायस) का कारण दुर्घटना बढेको छ, हायस जताबाट पनि ओभरटेक गर्ने तथा तीब्र गतिमा कुदाउने जस्ता नियम उल्लघन गर्दै सवारी चलाएका कारण यस्तो गरेका हौ, जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सई चन्द्रकुमार श्रेष्ठले भने– ‘अब प्रत्येक साना तथा ठुला सावरीले टाइम कार्डको पुरै पालना गर्नुपर्छ ।’ यस राजमार्ग हुदै आवतजावत गर्ने सवारी अत्याधिक थपिएर तीब्र गति भएपछि दैनिक दुर्घट्ना समेत बढ्दै गएको छ, सोही दुर्घट्ना न्युनिकरण गर्नका लागि प्रहरीले यस्तो कदम चालेको हो।

दक्षिण एसियाकै पर्यटकीय राजमार्गको रुपमा परिचय बनाएको बिपी राजमार्गमा दैनिक सवारी बढेका छन् सवारी बढेसँगै दैनिक दुर्घट्ना समेत बढ्दै गएको प्रहरीले जनाएको छ। ‘जापान सरकारले सडक बनायो, हायस गाडी बनायो तर चलाउने नेपाली चालक छन्, त्यसैले विपी राजमार्गमा सवारीले उच्छृखल ब्यवहार देखाउदै गतिलाई तीब्र गरि दैनिक दुर्घटना गराएको पाइयो, त्यसबाट सचेत गराउनका लागि कडा कारवाही थालिएको हो,’ डिएसपी शर्माले भने।

हातमा राडनगन लिएर चेक जाँचमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका हबल्दार रामेश्वर पाण्डेले धेरै गाडीले नियम तोडेको पाइएको जनाए। सोमबारमात्रै हामीले गरेको केहि समयको चेकिङमा ४३ ओटा साना ठुला गाडी कारवाहीमा परेका छन्, उनले भने– ‘कारवाहीमा परेका अधिकांश गाडीलाई हामीले जरिवाना तिर्न यातायात कार्यालय पठाएका छौ।’ उनले आफूहरुले चेकजाँच गरेकै स्थानमा कारवाही स्वरुप काट्न पाउने जरिवाना गर्दा सवारी चालकले अटेर गरि नियमको पालना नगरेपछि यातायात कार्यालय पठाउने निर्णय गरेको बताए। ‘एक घण्टा ३० मिनेटमा आइपुग्नुपर्ने स्थानमा ७०÷७२ मिनेटमै आइपुगेको पाइयो,’ उनले थपे, ‘यसरी तिब्र गतिमा सवारी कुदाउने चालकलाई कारवाही गर्न यातायात पठाएका हौ।’  उनले साना ठुला सवै सवारीलाई कारवाहीका लागि सिफारिस गरिएको जनाए।

टाइमकार्ड अनुसार भिमान सिन्धुली १८ किलोमिटरमा ठुला सवारीले ४० र साना सवारीले ३० मिनेट को गतिमा गुड्नुपर्नेछ भने सिन्धुली खुर्कोट ३९ किलोमिटर सडकमा ठुला सवारीले १ घण्टा ५० मिनेट र साना सवारीले १ घण्टा ३० मिनेट लगाउनुपर्नेछ। यस्तै खुर्कोट नेपालथोक खण्डमा ठुला सवारीले एक घण्टा तीस मिनेट लगाउनुपर्नेछ भने साना सवारीले एक घण्टा १० मिनेटको गतिमा सवारी आवतजावत हुनुपर्ने टाइमकार्डमा उल्लेख छ। तर टाइमकार्डमा उल्लेख भएको समय ट्राफिक चेकपोष्टमा आइपुग्दा मात्र लागु हुनेगरी सवारी चलाई बीच बाटोमा तीब्र गतिमा चलाउने र होटल पसलमा रोक्दै तीब्र गतिमा गुडाउदै गर्दा दुर्घट्ना बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार हाल ट्राफिक प्रहरीले राजमार्गको विभिन्न स्थानमा जुनसुकै समयमा राडन गन लगाएर सवारीको गति चेक गरी तीब्र गतिमा सवारी कुदाउने सवारी चालकलाई कारवाही सिफारिस गरेको छ।

प्रकाशित: ११ माघ २०७४ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App