बाँदरमुढेका मृतकलाई सहिद घोषणा गर्ने सरकारको तयारी

बिहिबार, ११ माघ २०७४, १६ : १७ सुवोध गौतम

काठमाडौं- सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गर्ने तयारी गरेको छ। चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो।

उच्च स्रोतका अनुसार वनमन्त्री विक्रम पाण्डे मादरमुढे घटनाका मृतकलाई सहिद घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजान लागेका हुन्। ‘मन्त्रि ज्यूले सहिद घोषणा गर्ने प्रस्ताव तयार पार्नुभएको छ’, स्रोतले भन्यो, ‘सम्भवन अब बस्ने क्याविनेटले पास गर्छ।’

बाँदरमुढेलाई सशस्त्र द्वन्दका समयको गम्भिर घटनाकोरुपमा लिने गरिन्छ। बिहान भिख्नाठोरीबाट छुटेको शालिग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब १ सय ५० जना यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध भित्र थिए भने झन्डै ७०–८० जना छतमा खचाखच थिए। २१ वर्षीय विक्रम महतोद्वारा चलाइएको बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धराप विष्फोटमा परेको थियो।

मन्त्रिपरिषद बैठक ५ बजे बस्दैछ।

 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad