८ वैशाख २०८१ शनिबार
राजनीति

ढुंगागिटी निर्यात खुलाउने तयारीमा सरकार

काठमाडौं- सरकारले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ। ढुंगा गिटी तस्करहरुको प्रभावमा यस्तो तयारी गरेको हो। आपूर्तिमन्त्रालयले यसको लागि प्रस्ताव समेत तयार पारेको स्रोतले बतायो। ‘मन्त्रालयले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ’, स्रोतले भन्यो, ‘सम्भवत अब बस्ने मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव पेस हुन्छ।’

सरकारले चुरे क्षेत्रमा व्यापक असर परेको भन्दै २०७१ असारमा निकासी बन्द गरेको थियो। ढुंगा गिटी निर्यात खोल्दा चुरे क्षेत्रको विनास र भौतिक पूर्वाधार विकासमा असर पार्ने विज्ञहरुले बताउँदै आएका छन्।

निकासीमा रोक लगाएपछि एउटा समूह अर्थिक चलखेलमा समेत लागेको थियो। जथाभावी उत्खनन गरेर चुरे लगायतका क्षेत्र दोहन गरेर यस्ता पदार्थ अवैध र अव्यवस्थित रूपमा भारत निकासी भएपछि सरकारले निकासीमा रोक लगाएको थियो।

क्रसर उद्योग व्यवस्थापन र ढुंगागिटी उत्खनन सम्बन्धमा प्राविधिक टोलीको पछिल्लो प्रतिवेदन र वातावरण मन्त्रालयले समेत निकासीमा रोक लगाउन सुझाव दिएका थिए।

 उच्च सरकारी अधिकारीका अनुसार विद्यमान मापदण्ड खुकुलो बनाउने र  ढुंगागिटी भारततर्फ निर्यात खुल्ला गर्ने प्रयत्नमा सरकार लागेको हो।

प्रकाशित: ११ माघ २०७४ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App