८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल भारत सीमामा काँडेतार लगाउन अखिलको माग

काठमाडौँ-  अनेरास्ववियु र अखिल क्रान्तिकारीले सीमा समस्याको दीर्घकालीन समस्याका लागि नेपाल भारत सीमामा काँडेतार लगाउनुपर्ने माग गरेका छन्। आझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएका हुन्।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।  

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमण गरिएको भनिएको स्थानको संयुक्त स्थलगत भ्रमण गरेर प्रतिवेदन बनाएका थिए।  
प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले छपकैया सीमा अतिक्रमणबारे तयार पारिएको प्रतिवेदन बुझाएका थिए।  माघ ६ गते दुवै संगठनको टोलीले सीमा रक्षा तथा जागरण अभियानसहित सीमा मिचिएको भनिएको छपकैया पुगेका थिए।

प्रतिवेदनमा छपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले करिब तीन किमी दूरीका ठाउँठाउँमा करिब ५० बिगाहा क्षेत्रफल नेपाली भूमि भारततर्फ पर्न गएको उल्लेख गरिएको छ।

 

 

प्रकाशित: ११ माघ २०७४ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App