६ वैशाख २०८१ बिहीबार
समाज

बगरमा गाडिएको बालिकाको शव फेला

खोटाङ – खोटाङमा ८ वर्षीय बालिकाको शव खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेको छ । बुधबार दिउँसोदेखि हराएकी रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी बालिका लुमनी राईको शव बुधबार राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बेपत्ता बालिकाको खोजीकाक्रममा हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। 

घर नजिकैको खोलाको बगरमा बालिकाको शव गाडिएको अवस्थामा भेटिएपछि प्रहरीले स्थानीय १६ वर्षीय किशोर जीउधन राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुशार घट्नाको बिस्तृत जानकारी आउन बाँकी छ । घट्नाको विषयमा अनुसन्धान भइरहेको छ। 

बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको स्थानीयले बताएका छन् । आरोपितले हत्याको स्वीकार गरे पनि हत्याको कारण खुल्न बाँकी रहेको डिएसपी थापाले बताए। 

प्रकाशित: ११ माघ २०७४ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App