८ वैशाख २०८१ शनिबार
खेल

मास्चेरानो चिनियाँ क्लबमा

बुधबार आयोजित एक समारोहमा मास्चेरानोलाई बिदाइ गर्दै क्लबका अध्यक्ष जोसेफ मारिया बार्टमेउ । तस्बिर एपी

सांघाई – बार्सिलोनाका अर्जेन्टिनी रक्षक ह्याभियर मास्चेरानो बुधबार चाइनिज सुपर लिगको शीर्ष खेलाडीका रूपमा हेबेइ चाइना फट्र्युनमा आबद्ध भएका छन्।

चिनियाँ सुपर लिगमा सहभागी हुने ३३ वर्षे मास्चेरानो दोस्रो अर्जेन्टिनी खेलाडी हुन् । यसअघि अर्जेन्टिनाका स्ट्राइकर कार्लोस टेभेजले गत सिजन सांघाई सिन्ह्वाबाट खेलेका थिए । खेलाडी किन्न चिनियाँ क्लबले अत्यधिक मात्रामा खर्च गरेको भन्दै केही साताअघि चिनियाँ अधिकारीले क्लबले गर्ने खर्चमा अंकुश लगाएका थिए।

‘मास्चेरानो र बार्सिलोनाबीचको सहमतिमा उनी आजबाट औपचारिक रूपमा हेबेइ चाइना फट्र्युनका सदस्य भएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

तर दुवै पक्षले सम्झौता अवधि र रकमका बारेमा केही सार्वजनिक गरेका छैनन् ।यसअघि बार्सिलोनाले मंगलबार मास्चेरानोले क्लब छोड्न लागेको पुष्टि गरेको थियो।

सन् २०१० अगस्टमा लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका मास्चेरानोले क्लबबाट ४ ला लिगा, ४ कोपा डेल रे, २ च्याम्पियन्स लिग र २ क्लब विश्वकप जितेका छन्। 
 

 

प्रकाशित: ११ माघ २०७४ ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App