८ वैशाख २०८१ शनिबार
खेल

रियाल मड्रिड कोपा डेल रे फुटबल बाट बाहिरियो

मड्रिड – रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिता बाट बाहिरिएको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनको दोस्रो लेगमा रियल मड्रिड लेगानेससँग २–१ ले स्तब्ध बनेको हो। 

लेगानेसलाई बिजयी गराउन खेलको ३१ औं मिनेटमा हेभियर इरासोकोे र ५५ औं मिनेटमा ग्याब्रियल पाइसेसले १÷१ गोल गरेका थिए। रियलका लागि करिम बेन्जेमाले ४७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएपनि त्यसपछि सम्हालिन नसक्दा पराजित हुन पुग्यो। 

पहिलो लेगमा रियल मड्रिड १–० ले विजयी भएको थियो तर दोस्रो लेगमा २–१ ले पराजित भएपछि खेल समग्रमा २–२ को बराबरीमा पुग्यो । 

जसमा अवे गोलको आधारमा रियललाई पछि पार्दै लेगानेस अघिल्लो चरणमा प्रवेश गरेको हो।

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा अलाभेसलाई ट्राइबेकरमा ३–२ ले हराउँदै भ्यालेन्सीया पनि कोपा डेल रे को सेमिफाइनलमा पुगेको छ।

भ्यालेन्सियाले पहिलो लेगमा अलाभेसलाई  २–१ ले पराजित गरेपनि दोस्रो लेगमा समान २–१ ले पराजित भएपछि खेलको नतिजा ट्राइबेकरबाट लिनु परेको थियो। 

प्रकाशित: ११ माघ २०७४ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App