७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतभर प्रदर्शन

नयाँ दिल्ली –विवादित फिल्म ‘पद्मावत’ को प्रदर्शनलाई केही राज्यमा रोक लगाउनुपर्ने मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि भारतका हिन्दू अतिवादी समूहले बुधबार गरेको देशव्यापी प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ परेका छन् ।

भारतको सर्वोच्च अदालतले मंगलबार फिल्म पद्मावतको प्रदर्शनलाई रोक्न नपर्ने फैसला गरेलगत्तै भएको प्रदर्शन बुधबार पनि जारी रहेको थियो । बुधबारको प्रदर्शनमा सहभागी कैयौंलाई भारतको विभिन्न सहरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  बिहीबार हुने दक्षिणपूर्वी एसियाका नेताहरुको सम्मेलनका अगाडि बुधबार फिल्मलाई लिएर भएको प्रदर्शन राजधानी दिल्लीको बाहिरी भेगसम्म आइपुगेको छ ।

मंगलबार अदालतको फैसला बाहिरिएसँगै भारतको पश्चिमी राज्य गुजरातमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसका कारण उक्त राज्यका विभिन्न सिनेमा हल बन्द भएका थिए । प्रदर्शनकारीले विभिन्न व्यापारिक मलस्थित सिनेमा हलमा रहेका दर्जनौं मोटरसाइकलमाथि आगजनीसमेत गरेका थिए।

प्रदर्शनकारीले हिन्दू राजपुत सिपाही वंशकी छोरी पद्मावतीलाई फिल्ममा मुसलमान शासकको प्रेमिकाका रूपमा देखाएर फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले इतिहास ध्वस्त पारेको आरोप लगाएका छन् । फिल्मका निर्माण पक्षले भने यस्तो आरोप अस्वीकार गरेका छन् ।

मंगलबार साँझ विभिन्न क्षेत्रमा भेला भएका प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि प्रहरीले गोली चलाउनु परेको थियो । जनवरी २५ मा फिल्म प्रदर्शनमा आउनु अघि हिन्दू अतिवादीले देशका विभिन्न क्षेत्रमा प्रदर्शन गर्ने आशंका गर्दै भारतका विभिन्न सहरमा प्रहरीको उपस्थिति बढाइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।  

छत्तिसगढ राज्यको दर्जनौं क्षेत्रमा राजपुत समुदायका प्रदर्शनकारीले मंगलबार साँझ फिल्म निर्देशक भन्सालीको पुत्ला बालेका थिए । राजपुत समुदायका सदस्य र हिन्दू संगठनहरुले मानव साङ्लो बनाएर बुधबार हल सञ्चालकहरुलाई मोटरसाइकल ¥यालीसहित फिल्म प्रदर्शन नर्गन अन्तिम चेतावनी दिएको बताइएको छ ।
 

 

प्रकाशित: ११ माघ २०७४ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App