coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लेखा समिति सभापतिबाट जनार्दन शर्माको राजीनामा

काठमाडौं- ब्यवस्थापिका संसद्, लेखा समितिको सभापति जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। सिंहदरवारमा शुक्रबार बसेको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्।

राजनीतिक भागबन्डमा लेखा समिति प्रतिपक्षका लागि छुट्याएको भन्दै उनले राजीनामा घोषणा गरेका हुन्। स्रोतका अनुसार भने माओवादी केन्द्रबाट शर्मा उर्जामन्त्री हुने पक्कापक्की भएपछि राजीनामा घोषणा गरेका हुन्।

'पार्टीले अरु जिम्मेवारी दिए लिन्छु नभए समितिमा समान्य सदस्यको रुपमा रहन्छु,' समितिको बैठकमा शर्माले भने, 'लेखा समिति प्रतिपक्षका लागि भएकाले पनि उनीहरुका लागि पद छाडेको हुँ।'

यसअघि माओवादी सरकारमा जाँदा सभापतिको पद छाड्न खोजेको तर प्रतिपक्षका साथीहरुले बस्न भनेपछि नछाडेको उनले बताए। अहिले माओवादी नेतृत्वमै सरकार गठन भएको बताउँदै उनले प्रतिपक्षका लागि पद छाडेको बताए।

उनले राजीनामा पत्र आजै सभामुख ओन्सरी घर्तिमगरलाई बुझाउने बताएका छन्।

प्रकाशित: २८ श्रावण २०७३ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App