८ वैशाख २०८१ शनिबार
समाज

चक्रेलाई विशेषको सफाइ

काठमाडौं – विशेष अदालतले मिलन गुरुङ (चक्रे) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । न्यायाधीश रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार सफाइ दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति कमाएको भन्दै २०७० जेठ ५ मा गुरुङविरुद्ध मुद्दा दर्ता गरेको थियो । ७ करोड ८ लाख १७ हजार २ सय २६ रुपैयाँ माग दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति कमाएको भन्दै २०७० जेठ ५ मा गुरुङविरुद्ध मुद्दा दर्ता गरेको थियो । ७ करोड ८ लाख १७ हजार २ सय २६ रुपैयाँ माग दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। विशेषले गुरुङको हकमा कुनै प्रमाण नदेखिएको भन्दै सफाइ दिएको हो । गुरुङसँग भएको ७ करोड ८ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै विभागले विशेषमा मुद्दा दर्ता गरेको थियो । सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गुरुङसहित दीपक मनाङे, पर्शुराम बस्नेत, गणेश लामा, अभिषेक गिरी गरी पाँचजनाविरुद्ध चार वर्ष लगाएर अनुसन्धान गरेको थियो।

पाँचजनामध्ये मनाङबाट प्रदेशसभा सदस्य जितेका दीपक मनाङेले पनि यसअघि नै सफाइ पाइसकेका छन् । गुरुङको हकमा पनि गैरकानुनी सम्पत्ति नभेटिएको भन्दै विशेषले सफाइ दिएको हो । गुरुङ  २०५० सालदेखि काठमाडौंमा आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरी रेकर्डमा उल्लेख छ।

प्रकाशित: ११ माघ २०७४ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App