७ वैशाख २०८१ शुक्रबार
अर्थ

एमएडब्लु अर्थमुभर्स जेसिबीको नम्बर १ डिलर

काठमाडौं– एमएडब्लु अर्थमुभर्स प्रालि जेसिबी इन्डिया लिमिटेडको नम्बर १ डिलर बन्न सफल भएको छ । सन २०१७ मा सबैभन्दा बढी जेसिबीका निर्माण उपकहरण बिक्री गरेर एमएडब्लु अर्थमुभर्स १ नम्बर डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लुले जेसिबी ब्रान्डका दुई हजार एक सय ४० वटा निर्माण उपकरण बिक्री गरेको थियो ।

यो उपलब्धिसँगै एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामा सर्वोत्कृष्ट र विश्वमा दोस्रो सर्वोत्कृष्ट डिलर बनेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । एमएडब्लु जेसिबीको ‘क्लब २०००’ को पहिलो सदस्यसमेत बनेको छ । जेसिबी इन्डियाको कुनै पनि डिलरले एक वर्षमा दुई हजारवटा मेसिन बिक्री गरेको यो पहिलो अवसर हो ।

जेसिबी इन्डियाले मंगलबार एक समारोहमा एमएडब्लुलाई यो सफलताका लागि सम्मानगरेकोछ।कार्यक्रममा जेसिबी इन्डियाका सिइओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
यसका साथै, एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याकहो लोडर, एस्काभेटर र ह्विललोडर बिक्री गर्न सफल डिलरसमेत बनेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो ।

बेलायत, जर्मनी, अमेरिका, अस्ट्रेलिया र भारत लगायत देशमा रहेका २२ वटा प्लान्टबाट जेसिबीले तीन सयभन्दा बढी प्रकारका निर्माण र हेभी उपकरण उत्पादन गर्दै आएको छ । विश्वको तेस्रो ठूलो निर्माण उपकरण निर्माता जेसिबीका मेसिनहरु संसारको एक सय ५० मुलुकमा प्रयोग गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ११ माघ २०७४ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App