समावेशी विकास सूचकांक २०१८

नेपालले उछिन्यो भारत र चीनलाई

बिहिबार, ११ माघ २०७४, ०७ : २० नागरिक

काठमाडौं - नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपालले २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन् ।

वल्र्ड इकोनोमिक फोरमले फोरमले वर्षैपिच्छे विश्वका १ सय ३ देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्व अर्थतन्त्र र ७४ वटा उदीयमान अर्थतन्त्र भएका देश छन् । नेपालले उदीयमान अर्थतन्त्र भएका ७४ देशको सूचकांकमा २२ औं स्थान हासिल गरेको हो । सूचकांकमा नेपालले ४.१५ अंक प्राप्त गरेको छ । नेपाल गत वर्षको दाँजोमा पाँच स्थान माथि उक्लिएको हो । गत वर्ष २७ औं स्थानमा थियो ।

फोरमले तयार पार्ने यस्तो सूचकांकमा परेका देशले कूल गार्हस्थ उत्पादन (जिडिपी) उच्च बनाउन आर्थिक प्रगतिका ११ आयामअनुसार कसरी काम गरेका छन् भन्ने मिहिन विश्लेषण गरिएको हुन्छ । सूचकांकमा जति अगाडि पर्न सक्यो, देशको अर्थतन्त्रले त्यति नै धेरै प्रगति गरेको बुझिन्छ ।

सूचकांकमा नेपालले दक्षिण एसियाका अधिकांश मुलुकलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । बंगलादेश ३४, श्रीलंका ४० र पाकिस्तान ४७ औं स्थानमा परेका छन् । यसमा भारतले ६२ औं तथा शक्तिशाली अर्थतन्त्रका रूपमा उदाएको चीन २६ औं स्थानमा आएको छ ।

त्यस्तै यो उदीयमान अर्थतन्त्र सूचकांकको पहिलो स्थानमा लिथुवानिया परेको छ भने मोजाम्बिक सबैभन्दा अन्तिम स्थानमा आएको छ । परिपक्व अर्थतन्त्रको पहिलो स्थान नर्वेले ओगटेको छ ।
इकोनोमिक फोरमले समावेशी विकास सूचकांक तयार पार्दा वृद्धि र विकास, समावेशी तथा अन्तरपुस्ता समानतालाई आधार बनाउने गर्छ । फोरमका अनुसार नेपालले सूचकांकमा उल्लेख्य प्रगति गर्दै आएको छ । अन्तरपुस्ता समानता र दीगोपना सूचकमा नेपालले उल्लेख्य प्रगति गरेको छ जसले गर्दा उच्च २० प्रतिशतमा बस्न सफल भएको छ ।

पाँच वर्षको सूचकांक हेर्दा नेपालले खुद आम्दानी, गरिबी निवारण र खुद बचतमा आशालाग्दो सुधार गरेको छ भने सार्वजनिक ऋण अनुपात ६.७ प्रतिशतले घटेको, परनिर्भरता अनुपात घटेर ८.१ प्रतिशता झरेको छ । यी दुवै सूचकमा नेपालले पछिल्लो पाँच वर्षमा उल्लेख्य सुधार गरेको इकोनोमिक फोरमले जनाएको छ ।
त्यसबाहेक रोजगारी दर पनि असाध्यै न्यून (०.८ प्रतिशत) का दरले घटिरहेको छ । पाँच वर्षमा प्रतिव्यक्ति आय २.४ प्रतिशतको सामान्य दर तथा औसत आयु एक प्रतिशतमात्र बढेको छ । त्यसैगरी श्रम उत्पादकत्व ०.९ प्रतिशतले बढेको छ ।
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

Ncell Footer Ad