coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विवेकशील साझाले प्रदेश ३ मा कांग्रेसलाई सघाउने

काठमाडौं – विवेकशील साझा पार्टीले आसन्न राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने भएको छ। विवेकशील साझाले प्रदेश नम्बर ३ मा कांग्रेस उम्मेदवार अधिवक्ता राधेश्याम अधिकारीलाई भोट हाल्ने निर्णय गरेको हो।

राष्ट्रियसभामा राष्ट्रले गर्व गर्न सक्ने प्रबुद्ध व्यक्तित्वहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनाअनुसार अभिवक्ता अधिकारीलाई पार्टीभन्दा माथि उठेर समर्थन गरिएको विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले जनाएका छन्।

‘राष्ट्रिय सभामा प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व रहोस भन्ने मान्यताका आधारमा हाम्रो पार्टीले विभिन्न दलहरुसंग संवादको पहल गरेको थियो,’ उनले भनेका छन्– ‘यसै सन्दर्भमा नेपाली कांग्रेस, विवेकशील साझा पार्टी र नयाँ शक्ति पार्टी समेत सम्मिलित छलफलबाट उमेदवार चयनको उल्लेखित शर्तलाई अवलम्बन गर्दै कांग्रेसले ३ नम्बर प्रदेशको खुला तर्फबाट बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई उम्मेदवार बनाएकोले समर्थन गर्ने निर्णयमा पुग्यौं।’

राष्ट्रियसभालाई पार्टीका नेता र कार्यकर्ताको भागवण्डा गर्ने थलो बनाइएको परिप्रेक्षमा तुलनात्मक रुपमा राधेश्याम अधिकारीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णयलाई विवेकशील साझाले सकारात्मक ठहर गरेको छ।

आफ्नो मतको सहयोगमा विजयी हुने उम्मेदवारले राष्ट्रियसभा सदनमा परम्परागत रूपमा पार्टीहरुले देखाउँदै आएको पार्टीगत स्वार्थभन्दा माथि उठेर महत्वपूर्ण विषयमा राष्ट्रिय हितलाई सर्वोपरी राखी विवेकको आवाज उठाउने विवेकशील साझाको विश्वास छ।

प्रदेश ३ मा विवेकशील साझा पार्टीसँग १४४ मत छ।

प्रकाशित: १० माघ २०७४ १६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App